मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ कार्तिक ७ शुक्रबार २२:४६:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

चेन्नई सुपर किंग्सको लज्जास्पद हार, मुम्बई इण्डियन्स १० विकेटले विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ कार्तिक ७ शुक्रबार २२:४६:००

यूएईमा जारी १३ औँ संस्करणको आइपीएलअन्तर्गत चेन्नई सुपर किंग्स (सिएसके)विरुद्ध मुम्बई इण्डियन्स १० विकेटले विजयी भएको छ । आइपिएलकाे इतिहासमा सीएसके १० विकेटले हारेको पहिलो पटक हो ।

सिएसकेले दिएको एक सय १५ रनको सामान्य लक्ष्य मुम्बईले १२‍.२ ओभरमा विनाविकेट पूरा गर्न सफल भयो । उसका लागि इशान किशनले अविजित ६८ र क्विन्टन डीकलले नटआउट ४६ रन बनाए ।

त्यसअघि शारजाहमा टस हारेर ब्याटिङको मौका पाएको सिएसकेले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन बनायो ।

उसका लागि युवा अलराउन्डर साम करनले राम्रो ब्याटिङ गरे । उनले ४७ बलमा ६ चौका र २ छक्कासहित ५२ रनको योगदान दिए ।

त्यस्तै, कप्तान महेन्द्रसिंह धोनीले १६, शार्दुल ठाकुरले ११ र इमरान ताहिरले नटआउट १३ रन बनाए । बाँकी ६ ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । मुम्बईविरुद्ध सिएसकेका तीन खेलाडी शून्यमै आउट भए।

बलिङमा ट्रेन्ट बोल्टले ४, जसप्रीत बुमराह, राहुल चाहरले २र२ र नाथन कल्टरनाइलले एक विकेट लिए । आजको जितसँगै मुम्बई शीर्ष स्थानमा उक्लिएको छ । उसले १० म्याचमा तीनमा हार र ६ खेलमा जित हासिल गरेको छ । मुम्बईले तालिकामा १४ अंक जोडेको छ ।

दिल्ली र आरसीबी पनि समान १४ अंक भए पनि मुम्बई नेट रनरेटका आधारमा शीर्ष स्थानमा उक्लिएको हो ।

मुम्बईसँगको हारसँगै सिएसकेको ‘प्लेअफ’पुग्ने सम्भावना भने निकै कमजोर देखिएको छ । अब बाँकी रहेका तीन खेलमा लगातार जित हासिल गरे पनि ‘प्लेअफ’मा पुग्ने सीएसकेको सम्भावना निकै कम छ ।