गोरखाबाट ल्याइएको फूलपाती काठमाडौंको हनुमानढोकास्थिति दसैँघरमा भित्र्याइएको छ ।
नेपाल एकीकरणसँगै नेपाल एकीकरणका नेतृत्वकर्ता पृथ्वीनारायण शाहका पालादेखि नै गोरखाबाट हिँड्दै बोकेर ल्याइएको फूलपाती हनुमानढोकामा भित्र्याउने प्रचलन रहेको छ । सो प्रचलन त्यसबेलादेखि अहिलेसम्म निरन्तर रहिआएको छ ।
त्यसैगरी नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ । नेपाली सेनाले बडादसैँअन्तर्गत फूलपातीका दिन टुँडिखेलमा फूलपाती बढाइँ गर्दै आएको छ ।