१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o६:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आजदेखि क्लिनफिड लागू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:२५:oo

शुक्रबारदेखि विदेशी च्यानल प्रसारणमा क्लिनफिड (विज्ञापनरहित प्रसारण) लागू हुने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै विज्ञापन (नियमन गर्ने) ऐन २०७६ अनुसार शुक्रबारदेखि क्लिनफिड लागू गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ । गत वर्ष ७ कात्तिकमा संसद्बाट पारित विज्ञापन ऐनको दफा ६ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित (क्लिनफिड) प्रसारण गर्नुपर्ने व्यवस्था गरेको छ ।

पहिल्यैदेखि प्रसारणमा रहेका टेलिभिजन च्यानलहरूले एक वर्षभित्र क्लिनफिड लागू गर्नुपर्ने व्यवस्था पनि सो दफामा छ । सोहीअनुरूप विज्ञापन ऐन लागू भएको एक वर्षपछि ७ कात्तिकबाट क्लिनफिड लागू हुने भएको हो । ऐनअनुसार केबल टेलिभिजनहरूले क्लिनफिड लागू नगरे कारबाही हुनेसमेत मन्त्रालयले जनाएको छ ।

क्लिनफिड कार्यान्वयन नगर्ने संस्थालाई ५ लाख रुपैयाँसम्मको जरिवानाको व्यवस्था छ । त्यस्तै,राष्ट्रिय प्रसारणऐन ०४९ अनुसार १० हजार रुपैयाँसम्म जरिवाना वा १ वर्षसम्म कैद हुन सक्ने व्यवस्था छ ।

ऐनअनुसार क्लिनफिड कार्यान्वयन नगर्ने संस्थालाई ५ लाख रुपैयाँसम्मको जरिवानाको व्यवस्था छ । त्यस्तै, राष्ट्रिय प्रसारण ऐन ०४९ अनुसार १० हजार रुपैयाँसम्म जरिवाना वा १ वर्षसम्म कैद हुन सक्ने व्यवस्था छ । आवश्यकताअनुसार दुवै सजाय गर्न सक्ने व्यवस्थासमेत गरिएको छ । 

विज्ञापन बोर्डको गठन 
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्ड गठन गरेको छ । विज्ञापन ऐन कार्यान्वयनका लागि विज्ञापन बोर्ड गठन गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ऐन कार्यान्वयन भए–नभएको अनुगनम बोर्डले नै गर्नेछ ।

सूचना मन्त्रालयका सहसचिव डिल्लीराम शर्माको अध्यक्षमा बोर्डको गठन गरिएको छ । बोर्डले मापदण्ड बनाएर ऐन कार्यान्वयन भए–नभएको अनुगमन गर्ने मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडीले बताए । त्यस्तै, प्रसारण विभागले पनि अनुगमनको संयन्त्र तयारी गरेको उनले बताए । विभागले शुक्रबारदेखि सबै च्यानलहरूको रेकर्ड राख्नेछ ।  

ad
ad