मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
रासस/एएनआई
२०७७ कार्तिक ६ बिहीबार १३:२०:००
Read Time : < 1 मिनेट
विश्व

सेना र कराँची प्रहरीबीच भिडन्त, १० सुरक्षाकर्मीको मृत्यु

Read Time : < 1 मिनेट
रासस/एएनआई
२०७७ कार्तिक ६ बिहीबार १३:२०:००

पाकिस्तानको कराँची प्रहरी र पाकिस्तानी सेनाबीच भएको भिडन्तमा दशजना सुरक्षाकर्मीको मृत्यु भएको छ । कराँचीस्थित सिन्ध प्रहरी र पाकिस्तानी सेनाका जवानबीच भिडन्त भएको स्थानीय सुरक्षा अधिकारीले बताएका छन् । सेनाका जवानहरूले सिन्धका प्रहरी अधिकृत मोहम्मद अफताब अन्बरलाई गिरफ्तार गर्नेक्रममा दुवै पक्षबीच भिडन्त भएको हो । दोहोरो गोली हानाहानमा सेनाका पाँच जवानको मृत्यु भएको थियो । 

पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पिडिएम) को अग्रसरमा देशव्यापी विरोध प्रदर्शन भइरहेका सन्दर्भमा उक्त घटना भएको हो । पिडिएमले प्रधानमन्त्री इमरान खानको सरकारको बहिर्गमनको माग गर्दै देशव्यापी प्रदर्शन गरिरहेको छ । कराँचीमा आयोजित जुलुसमा हजारौँले भाग लिएका थिए ।

जुलुसमा भाग लिएका पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) का नेता सफदर अवानलाई प्रहरीले पक्राउ गरेको छ । पिएमएल–एनका प्रवक्ता मरयाम नवाज र सिन्धका पूर्वगभर्नर मुहम्मद जुबेरले सिन्धका प्रहरी प्रमुख मुस्ताक मेहरलाई सेनाले अपहरण गरेको आरोप लगाएका छन् ।