मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ कार्तिक ६ बिहीबार
  • Wednesday, 09 July, 2025
गणेश लम्साल विराटनगर
२o७७ कार्तिक ६ बिहीबार ११:३५:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बलात्कार आरोप लागेका तीन आरोपी एक वर्षपछि पक्राउ

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७७ कार्तिक ६ बिहीबार ११:३५:oo

बालिका र युवती बलात्कार गरेर फरार भएका तीनजना अभियुक्तलाई प्रहरीले एक वर्षपछि पक्राउ गरेको छ । 

१५ साउन ०७६ मा मोरङको धनपालथान गाउँपालिका– २ स्थित राजमार्ग किनारमा रंगेली नगरपालिकाकी १९ वर्षीया युवती र सुनबर्सी नगरपालिकाकी  १३ वर्षीया बालिका बलात्कार गरी फरार भएका तीनजना अभियुक्तलाई प्रहरी चौकी गडरियाको टोलीले बुधबार राति पक्राउ गरेको हो । 

पक्राउ पर्ने अभियुक्तहरूमा धनपालथान गापा– ७ का २१ वर्षीय रोशनकुमार मण्डल, २० वर्षीय जयकृष्ण मण्डल र २३ वर्षीय मन्जित मण्डल छन् । 

प्रहरीले उनीहरू तीनैजनालाई घरमा आएर लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी मोरङले जनाएको छ ।

घरतर्फ फर्कँदै गरेका बालिका र युवतीलाई उनीहरूले गौँडा ढुकेर साँझ बलात्कार गरेका थिए । 

पक्राउ परेका सबैलाई इप्रका रंगेलीको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।