१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o९:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

चितवनमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:४१:oo

भरतपुर अस्पतालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । तनहुँकाे शुक्लागण्डकी नगरपालिका घर भई हाल मकवानपुर हेटौँडा बस्ने ३३ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।  

अस्पतालमा उपचाररत उनको आज बिहान ६:१५ बजे मृत्यु भएको पौडेलले बताए । पौडेलका अनुसार गत असोज ३० गते खोकी र श्वासप्रश्वासमा समस्याबाट पीडित भई अस्पतालमा भर्ना भएकी उनलाई सोही दिन कोरोना पुष्टि भएको थियो । 

उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पतालको कोभिड सघन उपचार कक्ष (आइसियू)मा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो ।     

 

ad
ad