१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o५:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई बैंकका थप २ शाखारहित बैंकिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o५:o८:oo

ग्लोबल आइएमई बैंकले थप २ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले रोल्पाको ताप्लाबजार र सिराहाको कल्याणपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।  

रोल्पाको गंगादेव गाउँपालिका ताप्लाबजारमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रूपमा कमला ओली रहेको जनाइएको छ । त्यस्तै, सिराहाको कल्याणपुर गाउँपालिका कल्याणपुरमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रूपमा किरणकुमारी साहलाई नियुक्त गरेको बैंकले जनाएको छ । 

२ शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २ सय २९ पुगेको जनाइएको छ । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्ने बैंकले जनाएको छ ।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डिसहोम, युटिएल, नेपाल टेलिकमको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्ने जनाइएको छ । 

बैंकले देशभरमा २ सय ५९ शाखा, २ सय ३५ एटिएम, ४३ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, २ सय २९ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि–सम्पर्क कार्यालयमार्फत सेवा दिँदै आएको जनाएको छ । 

ad
ad