१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o५:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एनएमबि बैंकले बायोमास पेलेट परियोजनामा लगानी गर्ने

परियोजनाले वन क्षेत्रमा त्यसै खेर गइरहेको र प्रत्येक वर्ष वन डढेलोले खाने वनमारा तथा झाडीको बायोमासलाई पेलेटका रूपमा परिवर्तन गरेर औद्योगिक एवं घरायसी ऊर्जाका लागि वैकल्पिक इन्धनको उत्पादन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o५:१८:oo

एनएमबि बैंकले बायोमास पेलेट उत्पादन गर्नका लागि १६ करोड रुपैयाँ कर्जा लगानी गर्ने भएको छ । बैंकले वन तथा वातावरण क्षेत्रका व्यावसायिक व्यक्तिहरूद्वारा पर्वद्धन गरिएको बकस रिन्युएबल इनर्जी प्रालिसँग कर्जा लगानीको सम्झौता गरेको हो । 

बैंकले प्रदान गर्ने कर्जा रकमलाई कम्पनीले बायोमास पेलेट मेसिन खरिद गर्ने कार्यमा र चालू पुँजीमा उपयोग गर्ने जनाइएको छ । बकस रिन्युएबल इनर्जीलाई इन्टरनेसनल फाइनान्स कर्पोरेसनद्वारा पर्वद्धित नेपालको अन्तर्राष्ट्रिय निजी इक्विटी फन्ड बिजनेस अक्सिजन प्राइभेट लिमिटेडले पनि परियोजना विकासका लागि इक्विटीका रूपमा ५ करोड रुपैयाँ लगानी गरेको बैंकले जनाएको छ । त्यस्तै, बकस रिन्युएबल इनर्जीका प्रमोटरले ५ करोड रुपैयाँ लगानी गरेको जनाइएको छ । 

यस परियोजनाले वन क्षेत्रमा त्यसै खेर गइरहेको र प्रत्येक वर्ष वन डढेलोले खाने वनमारा तथा झाडीको बायोमासलाई पेलेटका रूपमा परिवर्तन गरेर औद्योगिक एवं घरायसी ऊर्जाका लागि वैकल्पिक इन्धनको उत्पादन गर्ने जनाइएको छ । बायोमास पेलेट एक नवीकरणीय ऊर्जा हो । यसले परम्परागत ऊर्जाजस्तै पेट्रोलियम पदार्थ, एलपिजी र कोइलाको विकल्प प्रदान गर्ने कम्पनीको दाबी छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिकामा स्थापना हुने यस आयोजनाले प्रतिवर्ष १९ हजार ८ सय २४ मेट्रिकटन पेलेट उत्पादन गर्ने लक्ष्य राखेको बैंकले जनाएको छ । पेलेट उत्पादनका लागि चाहिने कच्चा पदार्थ सागरनाथ वन विकास परियोजनाबाट प्राप्त गरिनेछ । सागरनाथ वन क्षेत्रमा हरेक वर्ष उम्रने वनमारा तथा अन्य झाडीहरू यस उद्योगका लागि कच्चा पदार्थ हुने जनाइएको छ ।

वन पैदावर विकास समितिले पेलेट उत्पादनका लागि सागरनाथ वन विकास परियोजनामा रहेका वनमारा तथा झाडीजस्ता बायोमास बकस रिन्युएबललाई नियमानुसार २० वर्षका लागि उपलब्ध गराउने सम्झौता गरिसकेको जनाइएको छ ।

ad
ad