मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ कार्तिक ४ मंगलबार ०६:५२:००
Read Time : > 1 मिनेट
फिचर प्रिन्ट संस्करण

कोरोना कहरमा फस्टाएको मूर्तिकला : दसैँका लागि मूर्तिको माग बढेपछि नेपालगन्जका मूर्तिकारलाई भ्याइनभ्याई

Read Time : > 1 मिनेट
२०७७ कार्तिक ४ मंगलबार ०६:५२:००

कोरोनाका कारण उत्पन्न विषम परिस्थितिका कारण उद्योग, कलकारखानामा कार्यरत मजदुर कामविहीन भएका छन् । आम्दानीको स्रोत घटेपछि बजारमा किनमेल गर्नेको संख्या पनि ह्वात्तै घटेको छ । उत्पादित वस्तु खपत हुने अवस्था नभएपछि उद्योग, कलकारखानाले मजदुर कटौती गरेका छन् ।

भारतबाट दक्ष जनशक्ति नआउँदा बाँकेमा सञ्चालनमा रहेका उद्योग, कलकारखानाले क्षमताअनुसार उत्पादन गर्न सकेका छैनन् । कोरोनाका कारण लामो समयसम्म लकडाउन गरेकै कारण गरिबीको संख्या पनि बढ्दै गएको छ, तर नेपालगन्जका मूर्तिकारलाई कोरोनाको कहरले छोएको छैन । बरु यस वर्ष माग बढेपछि दसैँका लागि मूर्ति बनाउने मूर्तिकारलाई भ्याइनभ्याई भएको छ । 

गत वर्षको दसैँका लागि २० वटा देवीको मूर्ति बनाएका नेपालगन्ज उपमहानगरपालिका–८, सदरलाइनका विनय मूर्तिकारले यस वर्ष २६ सेट देवीको मूर्ति बनाउने भएका छन् । उनले नियमित ग्राहकबाहेक थप पाँचजनाका लागि मात्र देवीको मूर्ति बनाउने अर्डर लिएको बताए । ‘यस वर्ष थप सयजनाले अर्डर दिन आइसके, तर मैले लिएको छैन ।

अघिल्लो वर्ष मसँग किनेनन् । यस वर्ष मैले उनीहरूको अर्डर लिइनँ । पहिले मसँग किनेको भए यो वर्ष बनाउन मलाई कर लाग्थ्यो,’ उनले भने, एकदमै नजिकका नातेदार पर्नेहरूको बचन फाल्न नसकेर पाँचजनाको नयाँ अर्डर लिएको छु ।’

उनले नौ फिट देवीको मूर्ति सेटको २५ हजार र आठ फिटको सेटलाई २१ हजार रुपैयाँ लिने गरेका छन् । दसैँका वेला मात्र देवीको मूर्ति बनाउने भएकाले समय अपुग हुने गरेको उनले बताए । ‘कोरोना कहरले यो वर्ष अर्डर कम आउने हो कि भन्ने चिन्ता थियो, तर गत वर्षको भन्दा तीन गुणा बढी अर्डर आयो,’ विनयले भने । 

यस वर्ष थप सयजनाले अर्डर दिन आइसके, तर मैले लिएको छैन । अघिल्लो वर्ष मसँग किनेनन् । यस वर्ष मैले उनीहरूको अर्डर लिइनँ । पहिले मसँग किनेको भए यो वर्ष बनाउन मलाई कर लाग्थ्यो । एकदमै नजिकका नातेदार पर्नेहरूको वचन फाल्न नसकेर पाँचजनाको नयाँ अर्डर लिएको छु । कोरोना कहरले यो वर्ष अर्डर कम आउने हो कि भन्ने चिन्ता थियो, तर गत वर्षको भन्दा तीन गुणा बढी अर्डर आयो ।


नेपालगन्जमा मूर्ति पाउन मुस्किल
हरेक वर्ष नेपाल–भारत सीमावर्ती बजार रूपइडिहा, बहराइच, नानपारा, बाबागन्जलगायत बजारमा निर्माण भएका देवीका मूर्ति बाँकेका विभिन्न बजार र गाउँमा पुग्ने गरेको छ । हरेक वर्ष झन्डै दुई सय मूर्ति बाँकेका विभिन्न सहर र गाउँमा आउने गरेको इलाका प्रहरी कार्यालय जमुनहाले जनाएको छ ।

तर, यो वर्ष नेपाल–भारत सीमानाका बन्द छ । सीमानाका बन्द भएकाले भारतबाट देवीका मूर्ति ल्याउन नपाइने भएपछि भारतबाट ल्याउनेहरू अहिले नेपालगन्जका मूर्तिकारलाई गुहार्न थालेका छन् । ‘भारतबाट ल्याउन नपाइने भएपछि पहिलेदेखि ल्याउनेहरू अहिले अप्ठ्यारोमा परेका छन्,’ उनले भने । 

देवीको मूर्ति नपाउँदा समस्यामा परेको नेपालगन्ज उपमहानगरपालिका–११, भट्टीटोलका विजय सोनीले बताए । उनी विगत चार वर्षदेखि भारतको रूपइडिहाबाट देवीको मूर्ति ल्याउने गरेका थिए । नेपालगन्जभन्दा अलि सस्तोमा पाइने भएकाले रूपइडिहाबाट ल्याउने गरेको उनले सुनाए ।

नेपालगन्जको सबै ठाउँमा पुगे पनि कसैले अर्डर लिन नमानेको उनले बताए । मूर्तिकारहरूले विगत वर्षका नियमित ग्राहकबाहेक अन्यको अर्डर लिन मानेका छैनन् । ‘अरूभन्दा धेरै मूल्य दिन्छु भन्दा पनि बनाउन मान्दैनन् । मूर्तिका लागि धाएर हैरान भइसकेँ,’ सोनीले भने, ‘गत वर्ष जहाँबाट ल्याउनुभयो त्यहीँ जानुस् भन्ने जवाफ दिएर फर्काइदिन्छन् ।’