मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ कार्तिक २ आइतबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७७ कार्तिक २ आइतबार o६:२९:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

शोभा ज्ञवालीको कथासंग्रह ‘सम्पूर्ण आकाश’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ कार्तिक २ आइतबार o६:२९:oo

कथाकार शोभा ज्ञवालीको पहिलो कथा संग्रह ‘सम्पूर्ण आकाश’ बजारमा आएको छ । नेपाल रिपब्लिक मिडियाकी निर्देशक ज्ञवालीको कथासंग्रहको शनिबार नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल, साहित्यकार श्रीरामसिंह बस्नेत, रिपब्लिकाका सम्पादक सुभाष घिमिरे, नेपाल रिपब्लिक मिडियाकी कार्यकारी निर्देशक समृद्धि ज्ञवालीले संयुक्त रूपमा विमोचन गरेका हुन् ।

कोरोना भाइरसका कारण भर्चुअल माध्यमबाट पुस्तकको विमोचन गरिएको थियो । नागरिक दैनिक र परिवार मासिकमा विभिन्न समय छापिएका ज्ञवालीका कथाहरूलाई संगालोका रूपमा मञ्जरी पब्लिकेसन्सले बजारमा ल्याएको हो । 

कथासंग्रहमा ‘पहिलो माया’, ‘त्याग’, ‘गर्न नसकेको विद्रोह’, ‘बुहारी भित्रिएको क्षण’, ‘अस्तित्व’, ‘आरती’, ‘आत्मसम्मान’, ‘समयको फेर’, ‘अन्तिम निर्णय’ लगायत २५ वटा कथा समेटिएका छन् । सबै कथा नारीका दुःखपीडा, संघर्ष, विद्रोहमा केन्द्रित भएको कथाकार ज्ञवालीले बताइन् ।

‘यी कथा मैले देखे–भोगेका नारीका व्यथा हुन्, विद्रोह पनि हुन् । यसमा म आफैँले देखे–भोगेका र बोध गरेका नारीका भावना, चाहना, सपना, शक्ति र कमजोरीलाई पनि ल्याउने कोसिस गरेकी छु,’ ज्ञवाली भनिन् । साहित्यकार बस्नेतले मूलतः मध्यमवर्गीय महिलाका भोगाइलाई ज्ञवालीले सरल र सरस शैलीमा प्रस्तुत गरेको बताए ।

उनले भने, ‘ज्ञवालीका कथाहरू सामाजिक यथार्थवादमा आधारित छन् । यी कथा कोरा कल्पना नभएर कथाकार आफैँले भोगेका, देखेका, सुनेका प्रसंगहरूको साहित्यिक लिखत भन्न सकिन्छ ।’