१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज २९ बिहीबार
  • Tuesday, 08 July, 2025
२o७७ असोज २९ बिहीबार १३:२o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

दसैँको मुखमा हुम्लामा भित्रियो चिनियाँ मदिरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ असोज २९ बिहीबार १३:२o:oo

दसैँ नजिकिँदै गर्दा हुम्लामा अवैध चिनियाँ मदिरा गाउँबाट सदरमुकाम सिमकोट भित्रिन  थालेको छ । 

जिल्लास्थित सुरक्षा निकाय मौन देखिएपछि रातारात दसैँको मुखैमा अवैध चिनियाँ मदिरा भित्रिने गरेको हो ।

बुधबार साँझ साढे सात बजेतिर सिमकोट लाग्ना हुँदै १५ खच्चरले ९० कार्टुन अवैध चिनियाँ मदिरा सदरमुकामतिर भित्र्याएको स्रोतले जनाएको छ । 

पछिल्लाे समय हुम्लाको उत्तरी हिल्सा नाका, सिमकोट गाउँपालिकाको च्वाखोला नाका र चंखेली गाउँपालिकाको टाँके नाका बन्द भए पनि कसरी र कहाँबाट अवैध चिनियाँ मदिरा आउँछ भन्नेमा स्थानीय अचम्मित भएका छन् । 

प्रहरी प्रशासनकै मिलेमतोमा अवैध मदिरा भित्रिएको स्थानीयको बुझाइ छ । 

हाल सिमकोट बजारमा चिनियाँ मदिरा प्रतिबोतल ६ सय रुपैयाँ रहेको छ । 

यसरी हेर्दा सिमकोटतिर ल्याउँदै गरेको ९० कार्टुन अवैध चिनियाँ मदिराको मूल्य ६ सयको दरले ६ लाख हुन आउँछ ।