मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असोज २८ बुधबार १४:१५:००
Read Time : < 1 मिनेट
सप्तरंग

गायक यश कुमार भन्छन्–  कोरोनाले सबै आक्रान्त छौँ

Read Time : < 1 मिनेट
२०७७ असोज २८ बुधबार १४:१५:००

गत वर्ष कन्सर्टहरू भएका थिए । कन्सर्टका लागि हेलम्बु गएको थिएँ । अन्य साेहरू पनि गरेको थिएँ । तर, यसपटकचाहिँ त्यस्तो हुने अवस्था छैन । कोरोनाले गर्दा सबै आक्रान्त छौँ । पहिला त यस्तो विषम परिवेशबाट बाहिर निस्कनुपर्ने चुनौती छ । 

लकडाउनभरि घरमै बसियो । गीतहरूमा काम गरेँ । मेरै गीत आठ–दशवटा जति तयार गरेको छु । तीनवटा त बाहिर ल्याई पनि सकेँ । अरू गीत पनि बिस्तारै ल्याउने योजनामा छु । यसपटकचाहिँ एल्बमको रूपमा ल्याउने योजना छ । तर, म्युजिक भिडियोमा काम गर्नु छ । त्यसका लागि छुट्टै समय चाहिन्छ । यस्तो अवस्थामा म्युजिक भिडियोका लागि सुटिङ गरिहाल्न सकिने अवस्था पनि छैन । यसकारण अलि समय लाग्छ होला । 

चलचित्रका लागि पनि गीत तयार गरिसकेको छु । चलचित्रचाहिँ अलिपछि सुटिङ होला । साथै यसपटक तिहारका लागि गीत ल्याउने योजनामा पनि छु । दसैँमा त ल्याइनँ । तिहारका लागि चाहिँ एउटा देउसी रे गीत गर्ने सोच छ । 

दसैँचाहिँ यसपटक घरमै परिवारसँग रहेरै होला । बाहिरफेरि डुल्न निस्कने अवस्था पनि छैन । सोहरु हुने कुरा पनि भएन । यसैले परिवारसँगै दसैँ मनाउने योजनामा छु ।