Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असोज २२ बिहीबार १८:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डा. केसीको जीवनरक्षा गर्न राप्रपाको माग

Read Time : < 1 मिनेट
२०७७ असोज २२ बिहीबार १८:५७:००

राप्रपाले २५ दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा गर्न माग गरेको छ । अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको बिहीबार बसेको बैठकले डा. केसीको जीवन रक्षार्थ आवश्यक पहल गर्न सरकारसँग माग गरेको हो । 

बैठकले निर्वाचन आयोगमा राप्रपा दर्ता भएकोमा खुसी व्यक्त गर्दै  आयोगलाई धन्यवाद दिने, जिल्लामा पार्टी समायोजनको समय २९ असोजसम्म बढाउने, केन्द्रीय कार्यसमिति विस्तार गर्ने निर्णय गरेको छ । 

अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत बैठकका निर्णयबारे जानकारी दिँदै निर्वाचन आयोगबाट वैधानिकता प्राप्त गरेसँगै राप्रपा अब तीव्र गतिमा  संगठन निर्माणमा लाग्ने बताएका छन् । राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित ’सम्वर्द्धनवाद’को वैचारिक धरातलमा सबल र समृद्ध नेपाल निर्माण राप्रपाको लक्ष्य हुने थापाले जनाएका छन् ।