१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
रासस/पिटिआई
२o८१ बैशाख १९ बुधबार १३:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट

भारतमा कोरोना संक्रमणमुक्त हुने दर ८५ प्रतिशत

Read Time : < 1 मिनेट
रासस/पिटिआई
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १३:४१:oo

भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ६७ लाखभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार भारतमा अहिलेसम्म ६७ लाख ५७ हजार एक सय ३१ जना कोरोनाबाट संक्रमित भएका छन् । 

कुल संक्रमित मध्ये ७२ हजार ४९ जना पछिल्लो २४ घन्टामा थपिएका छन् । यसैगरी कुल संक्रमितमध्ये ५७ लाख ४४ हजार ६ सय ९३ जना संक्रमणमुक्त भइसकेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

मन्त्रालयको तथ्यांकअनुसार भारतमा कोरोना भाइरस संक्रमणमुक्त हुने दर ८५.०२ प्रतिशत रहेको छ । भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख चार हजार पाँच सय ५५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । तीमध्ये नौ सय ८६ जनाको पछिल्लो २४ घन्टामा निधन भएको छ ।

भारतमा कोरोना भाइरसबाट संक्रमित भएकाहरूमध्ये १.५५ प्रतिशतको मात्रै मृत्यु भएको पाइएको छ । भारतमा अहिले पनि नौ लाख सात हजार आठ सय ८३ जना कोरोना संक्रमित अवस्थामै रहेका छन् । 

प्रदेशअनुसार भारतको महाराष्ट्रमा सबैभन्दा धेरै संक्रमित रहेको मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म आठ करोड २२ लाख ७१ हजार ६ सय ५४ जनाको कोरोना परीक्षण गरिएको छ । 

ad
ad