मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज २० मंगलबार १६:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश ५ अब लुम्बिनी प्रदेश, राजधानी दाङको देउखुरी

Read Time : < 1 मिनेट
२०७७ असोज २० मंगलबार १६:२३:००

प्रदेश सरकार गठनको अढाई वर्षपछि प्रदेश ५ ले नाम र स्थायी राजधानी टुंग्याएको छ । 

प्रदेश सभामा राजधानी तथा नामकरण सम्बन्धमा प्रस्तुत प्रस्ताव दुईतिहाइ बहुमतले पारित भएसँगै प्रदेशले नाम र राजधानी पाएको हो । 

प्रदेश सभामा निर्णायार्थ प्रस्तुत भएको प्रदेश ५ को राजधानी दाङको देउखुरी राख्ने तथा प्रदेशको नाम लुम्बिनी राख्नेसम्बन्धी प्रस्तुत भएका दुवै प्रस्ताव प्रदेश सभाको दुईतिहाइ बहुमतले पारित गरेको हो ।

दुवै प्रस्तावमाथि कुल ८७ सदस्य रहेको प्रदेश सभामा खसेको ८३  मतमा पक्षमा ७९ मत परेका  थिए । विपक्षमा चार मत खसेका छन् ।

प्रस्तावमाथि विपक्षी कांग्रेस तथा लुम्बिनी अञ्चलका स्थानीयले चर्को विरोध गरे पनि प्रदेश सभाको बहुमतले पारित गरेसँगै नाम र राजधानी निश्चित भएको हो । 

प्रदेश सभा बैठकले प्रस्ताव पारित गरेपछि अब लुम्बिनी प्रदेशको राजधानी दाङ जिल्लाको राप्ती गाउँपालिका, गडवा गाउँपालिका र अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाले चर्चेको राप्ती नदी किनारको मैदाने भाग राप्ती उपत्यका देउखुरी रहनेछ । 

बर्दियादेखि पश्चिम नवलपरासीसम्मका जिल्ला समेटेको प्रदेशको नाम तथा राजधानीका विषयमा अध्ययन गर्न विशेष समिति गठन गरिएको थियो । समितिले प्राथमिकता क्रमअनुसार क्रमशः दाङ, कपिलवस्तु र रुपन्देहीलाई राजधानी बनाउन सकिने सुझाब दिएको थियो ।