१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १९ सोमबार ०४:२३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हङकङकाे इलेफोन नेपाली बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १९ सोमबार ०४:२३:००

हङकङको स्मार्ट फोन कम्पनी इलेफोनले आफ्नो स्मार्ट फोनको बिक्री नेपालम सुरु गरेको छ । कम्पनीले आई टेक इन्टरनेसनल प्रालिलाई आधिकारिक विक्रेता नियुक्त गर्दै तीनवटा मोडेलको बिक्री सुरु गरेको हो । 

कम्पनीले ए६म्याक्स, यू५ र यू३एच गरी तीनवटा मोडेलको बिक्री सुरु गरेको जनाएको छ । ६.५३ इन्च स्क्रिन भएको, ४ जिबी र्‍याम र ६४ जिबी रोम भएको ए६ म्याक्सको मूल्य १४ हजार रुपैयाँ तोकिएको जनाइएको छ ।

त्यस्तै, ६.४ इन्चको पञ्चहोल  डिस्प्ले र ४ जिबी र्‍याम तथा १२८ जिबी रोम मेमोरी भएको यू फाइभको मूल्य २२ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले ६.५३ इन्च डिस्प्ले भएको यू३एचको मूल्य २५ हजार ७ सय ९५ रुपैयाँ तोकेको जनाएको कम्पनीले जनाएको छ ।