मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असोज १८ आइतबार ११:४७:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

दिल्ली शीर्ष स्थानमा, कोलकाता १८ रनले पराजित

Read Time : > 1 मिनेट
२०७७ असोज १८ आइतबार ११:४७:००

१३औँ इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लेको छ । 

शारजहाँमा शनिबार राति कोलकनता नाइट राइडर्समाथि १८ रनको रोमाञ्चक जित निकाल्दै दिल्लीले शीर्ष स्थानमाथि कब्जा जमाएको हो । 

लिगमा चार चरण खेल समाप्तिसम्म दिल्ली र रोयल च्यालेन्जर्स बेंग्लोरले ६–६ अंक बटुलेका छन् । रनरेटमा दिल्ली माथि रहेको हो । 

शारजहाँ क्रिकेट मैदानमा दिल्लीले पहिलो ब्याटिङ गर्दै निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय २८ रनको विशाल योगफल खडा गऱ्याे । 

प्रत्युत्तरमा कोलकताले २० ओभरमा आठ विकेट गुमाएर २ सय १० रन जोडेको थियो । कोलकाताले लिगमा चार खेलबाट चार अंक जोडेको छ । कोलकाता पाँचौँ स्थानमा छ । तालिकामा साबिक उपविजेता चेन्नई सुपर किंग्स दुई अंकका आठौँ स्थानमा छ । 

दिल्लीका ओपनर पृथ्वी साउ र शिखर धवनबीच पहिलो विकेटका लागि ५.५ ओभरमा ५६ रनको साझेदारी भयो । शिखर धवन पहिलो विकेटका रूपमा आउट भए । उनले १६ बलमा दुई चौका र दुई छक्का प्रहार गरी २६ रनको योगदान दिए । 
दिल्लीका ओपनरले यस सिजनको आइपिएलमा पावर प्लेमा दोस्रो सर्वाधिक रनको साझेदारी गरे । यसअघि राजस्थान रोयल्सले किंग्स ११ पन्जावविरुद्ध ६९ रन जोडेको थियो । 

पृथ्वीले कप्तान श्रयस इयेरसँग दोस्रो विकेट लागि ७३ रन जोडे । ओपनर पृथ्वी १२.४ ओभरमा आउट भए । 

उनले ४१ बलमा चार चौका र चारै छक्का प्रहार गर्दै ६६ रन बटुले । कप्तान श्रयसले रिषभ पन्तसँग तेस्रो विकेट निम्ति मात्र ७२ रन जोडे । श्रयसले विस्फोटक ब्याटिङ गरेका थिए । 

उनले केवल ३८ बलमा ६ छक्का र सात चौकाको सहयोगमा सर्वाधिक ८८ रनको योगदान दिए । यसैगरी रिषभले १७ बलमा पाँच चौका र एक छक्काको मद्दतमा ३८ रन जोडे । 

प्रत्युत्तरमा कोलकाताको सुरुवात खराब रह्यो । ओपनर सुनिल नारिन (३) १.२ ओभरमै आउट भए । सुभम गिल र नितिष रानाले दोस्रो विकेट लागि ६४ रनको साझेदारी गरे । सुभमले २२ बलमा दुई चौका र एक छक्का प्रहार गरी २८ रनको योगदान दिए । 

त्यसपछि कोलकाताको ब्याटिङ इनिङ्समा राना, इयोन मोर्गान तथा राहुल त्रिपाठीले जितका लागि भरपूर प्रयास गरेका थिए । यी तीनजना ब्याट्सम्यानले दोहोरो स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए । 

रानाले ३५ बलमा चार चौका र चारै छक्का  प्रहार गरी ५८ रनको योगदान दिए । मोर्गान र राहुलबीच सातौँ विकेटका लागि १३.३ देखि १८.३ ओभरसम्म ७८ रनको साझेदारी भयो । 

उनीहरूले कोलकातालाई २००–७ को अवस्थामा राखे । मोर्गानले १८ बलमा पाँच छक्का र एक चौका प्रहार गरी ४४ रन बनाए । 

यसैगरी राहुलले १६ बलमा तीन चौका र तीन छक्का प्रहार गरी ३६ रन बटुले । यी दुवै ब्याट्सम्यानले ३१ बलमा ७८ रनको साझेदारी गरेका थिए ।