१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज १६ शुक्रबार
  • Wednesday, 02 July, 2025
२o७७ असोज १६ शुक्रबार o५:३५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

श्री लालीगुराँसले सुरु गर्‍यो एटिएम सेवा र डेरी उद्योग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ असोज १६ शुक्रबार o५:३५:oo

श्री लालीगुराँस सहकारी संस्था लिमिटेडले एटिएम सेवा सुरु गरेको छ । संस्थाले २२औँ स्थापना दिवसको अवसर पारेर पुल्चोकको मुख्य कार्यालयमा सेवा सुरु गरेको हो ।

एटिएम बुथको उद्घाटन संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले गरेको संस्थाले जनाएको छ । करिब २१ हजार सेयर सदस्यले एटिएम सेवा प्रयोग गर्न सक्ने संस्थाका कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले जानकारी दिए । चाँडै नै अन्य काउन्टरमा पनि एटिएम राखिने उनको भनाइ थियो ।  

संस्थाले आफ्नो लगानीमा स्थापना भएको श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योगको उद्घाटन गरेको छ । कार्यकारी अधिकृत भण्डारीले व्यावसायिक रूपमा दूध, दही, मही, नौनी, घिउको बिक्री–वितरण सुरु गरेको जानकारी दिए । 

चितवनको खैरहनीमा नेपालकै सबैभन्दा ठूलो गाई फार्म स्थापना गरेर उत्कृष्ट संस्थाको पहिचान बनाउन सफल भएको दाबी गर्दै संस्थाले दुग्ध उद्योग स्थापना गरेको हो । संस्थाले ललितपुरको चापागाउँ, काठमाडौं–चाबहिल र न्युरोड, भक्तपुरको कौशलटार र चितवनको पर्सामा सदस्य सुविधा काउन्टर सञ्चालन गरेको जनाएको छ । 

संस्थाले ललितपुरको ताल्छिलेकमा लालीगुराँस हस्पिटल प्रालि, काठमाडौंको नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय मावि–कलेज प्रालि, चितवनको खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर, सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाइड्रोपावर लिमिटेडलगायत अन्य विभिन्न संघ–संस्थाहरूमा लगानी गरेको जनाएको छ ।