मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ असोज १४ बुधबार
  • Saturday, 12 July, 2025
२o७७ असोज १४ बुधबार o९:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाघको आक्रमणबाट रौतहटमा दुई घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ असोज १४ बुधबार o९:४१:oo

बाघको आक्रमणबाट रौतहटमा दुईजना घाइते भएका छन् । रौतहटको चन्द्रपुर नगरपालिका– ६ का दुईजनालाई रंगपुर साझेदारी वन क्षेत्रमा बाघले आक्रमण गरेको हो ।

चन्द्रपुर– ६ का २७ वर्षीय संगम भण्डारी दिउँसो घाँस लिन जंगल गएको र अबेरसम्म फर्केर नआएपछि भण्डारीलाई खोज्न मंगलबार साँझ ७ बजेको समयमा जंगल गएका गाउँलेलाई बाघले आक्रमण गरेको हो ।

बाघको आक्रमणमा परेर चन्द्रपुर– ६ का ३० वर्षीय अशोक थापा र ३४ वर्षीय प्रवीण श्रेष्ठ घाइते भएको र उनीहरूको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेमबहादुर शाहीले जानकारी दिए । 

घाँस लिन गएका भण्डारीको खोजीका लागि बुधबार बिहानैबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको डिएसपी शाहीले बताए ।