Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ कार्तिक ५ बुधबार
  • Wednesday, 21 October, 2020
ad
२०७७ असोज १० शनिबार १९:३६:००
प्रदेश डिजिटल संस्करण

कोरोना संक्रमितको खोजी गर्न एक सय ७८ टोली परिचालन

२०७७ असोज १० शनिबार १९:३६:००

बागमती प्रदेशमा कोरोना संक्रमितको खोजी र फलोअपका लागि एक सय ७८ वटा टोली परिचालन गरिएको छ । बागमतीमा संक्रमितको संख्या दिनानुदिन बढ्दो रहेका कारण उनीहरूको पहिचान र फलोअपका लागि टोली परिचालन गरिएको हो । 

कोरोना संक्रमण अझ बढी नफैलियोस् र संक्रमितको पहिचान गर्न सहज होस् भन्ने उद्देश्यका साथ टोली परिचालनमा जोड दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । खोजी र फलोअप नाम दिइएको टोलीका लागि जिल्लामा आवश्यकताअनुसार जनस्वास्थ्य अधिकृत, प्रयोगशालाकर्मी र स्टाफ नर्स रहने मन्त्रालयका कोभिड प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंले बताए । 

टोलीको मुख्य काम संक्रमितको खोजी गर्ने, उनीहरूको विवरण बुझ्ने, स्वास्थ्यबारे जानकारी राख्ने र कन्ट्याक्ट ट्रेसिङका लागि बुझ्नेसँगै सचेत गराउनेसमेत रहेको सेढाईंले जानकारी दिए । 
    
हाल प्रदेशको १३ वटै जिल्लामा टोली परिचालन गरिएको छ । काठमाडौंमा ३२, काभ्रेमा १९, धादिङमा १६, चितवनमा १५, सिन्धुपाल्चोकमा १४, ललितपुरमा १३, मकवानपुरमा १३, नुवाकोटमा १२, दोलखामा ११, सिन्धुलीमा नाै, भक्तपुरमा आठ, रामेछापमा आठ, रसुवामा पाँच र प्रदेश निर्देशनालयमा तीनवटा टोली परिचालन गरिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 

सेढाईंका अनुसार हाल चार सय ३५ वटा आइसियू बेड र एक सय ९८ भेन्टिलेटर तयारी अवस्था राखिएको छ । हाल देशका कुल संक्रमितमध्ये बागमतीमा ३५.१९ प्रतिशत रहेका छन् । मन्त्रालयको तथ्यांकअनुसार प्रदेशमा कुल संक्रमितको संख्या २४ हजार आठ सय ५४ रहेको छ भने १३ हजार नाै सय १६ निको भई डिस्चार्ज भएका छन् । १० हजार सात सय ६९ जना उपचाररत छन् भने एक सय ६९ जनाको मृत्यु भएको छ ।