मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ असोज १० शनिबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ असोज १० शनिबार १४:४३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सातामा दुई दिन बिदाकाे अवधारणा : पर्यटनमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ असोज १० शनिबार १४:४३:oo

कोरोना संक्रमणको दर कम भए सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष प्याकेज ल्याउने भएको छ । 

विगत ६ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले विशेष प्याकेज ल्याउने तयारी गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संक्रमणको अवस्था कम हुनेबित्तिकै संगठित क्षेत्रका व्यक्तिलाई संगठित रूपमा देश दर्शन गराउने बताए ।

राजधानीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले संस्थान, वित्तीय क्षेत्र, शिक्षा क्षेत्रका व्यक्तिहरू, शिक्षक र कर्मचारी सबैलाई संगठित रूपमा देश दर्शन गराउने तयारी सरकारले गरेको उल्लेख गरे ।

यो अभियानमा साथ दिन नीति क्षेत्रहरूलाई समेत उनले आग्रह गरे । विश्वका जुनसुकै मुलुकले पनि आगामी दुई वर्ष आन्तरिक पर्यटनलाई जोड दिने नीति लिएको उल्लेख गर्दै उनले नेपालको सन्दर्भमा पनि आन्तरिक पर्यटनले नै धराशायी बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न सहयोग पुग्ने बताए ।

मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि नै हप्तामा दुई दिन सार्वजनिक बिदाको अवधारणा अघि सारेको उनले जानकारी दिए । 

हप्तामा दुई दिन बिदाको व्यवस्था मिलाउन विभिन्न मन्त्रालयहरूसँग अन्तरमन्त्रालय छलफल भइरहेको उनले बताए ।