मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असोज ९ शुक्रबार १४:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

इनारभित्र मोटर बनाउन पसेका दुईजनाको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ असोज ९ शुक्रबार १४:३५:००

मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका– ७ मा रहेको एक पार्टी प्यालेसको इनारभित्र मोटर बनाउन पसेका दुईजनाको मृत्यु भएको छ । 

मनहरी बजारमा रहेको साह पार्टी प्यालेसको इनारभित्र पानी तान्ने मोटर पम्प बिग्रिएपछि बनाउन पसेका दुईजनाको मृत्यु भएको हो । 

इनारभित्र राखिएको मोटर बिग्रिएपछि पार्टी प्यालेस सञ्चालकका ३० वर्षीय छोरा सुरज साह इनारभित्र पसेका थिए । 

धेरै समयसम्म उनी बाहिर नआएपछि स्थानीय १६ वर्षीय उत्सव नेपाली सुरजलाई उद्धार गर्न भन्दै इनारमा पसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

इनारभित्र दुवैजना बेपत्ता भएपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा उनीहरूलाई उद्धार गर्दा मृत अवस्थामा रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले बताए । 

इनारभित्र दुवैजना बेपत्ता भएपछि डोरीको सहायताले पसेका आनन्द लो बीचमै अचेत भएको र उनलाई स्थानीयले उद्धार गरेको डिएसपी रानाले जानकारी दिए । 

अचेत अवस्थामा उद्धार गरिएका आनन्दलाई थप उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ । 

इनारमा पसेकाहरूको अवस्थाबारे कुनै जानकारी नआएपछि नजिकै रहेको इलाका प्रहरी कार्यालय मनहरीबाट टोली खटाइएको थियो । 

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठका अनुसार घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालनपछि बेपत्ता भएकाहरूलाई बाहिर निकालिएको थियो । 

पानी डुबेको आशंकापछि छिटो उद्धारका लागि पानी फालेपछि उनीहरू फेला परेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।