मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ असोज ९ शुक्रबार
  • Friday, 11 July, 2025
२o७७ असोज ९ शुक्रबार १२:४९:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

गण्डकी प्रदेशमा थपिए ४१ संक्रमित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ असोज ९ शुक्रबार १२:४९:oo

गण्डकी प्रदेशमा शुक्रबार थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीका १७ जना, लमजुङका तीनजना, गोरखाका १२ जना, नवलपुरका नौजनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । 

योसँगै प्रदेशमा संक्रमितको संख्या तीन हजार ६ सय ४५ पुगेको छ । सक्रिय संक्रमितको संख्या एक हजार एक सय ४५ छ । 

हालसम्म गण्डकी प्रदेशमा दुई हजार चार सय ५९ जनाले कोरोनालाई जितेका छन् । कोरोना संक्रमणका कारण ३३ जनाको निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।