मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ असोज ८ बिहीबार
  • Friday, 11 July, 2025
नारायण विश्वकर्मा स्याङ्जा
२o७७ असोज ८ बिहीबार २o:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्याङ्जामा पहिरो : एकैपरिवारका नौसहित १० को मृत्यु, एक गम्भीर घाइते

Read Time : < 1 मिनेट
नारायण विश्वकर्मा स्याङ्जा
नयाँ पत्रिका स्याङ्जा
२o७७ असोज ८ बिहीबार २o:४o:oo

स्याङ्जामा पहिरोबाट एकैपरिवारका नौसहित १० जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका– १४ तमादीमा एकैपरिवारका नौजना र कालीगण्डकी गाउँपालिका– ४, गौतमडाँडाका एकजनाको मृत्यु भएको हो । तमादीकी एकजना गम्भीर घाइते भएकी छिन् । 

तमादीस्थित माया नेपालीको घरमाथिबाट बिहीबार एक्कासि पहिरो खस्दा एकैपरिवारका नौजनाको मृत्यु भएको र एकजना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा ६० वर्षीया सानी नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, २८ वर्षीया उमाकला नेपाली, १९ वर्षीया विनिता नेपाली, २१ वर्षीय कुलदीप नेपाली, १४ वर्षीय विक्रम नेपाली, नौ वर्षीय विवश नेपाली र ६ महिनाका समीर नेपाली रहेका छन् । 

मृतक बालक कुलदीप विनिताको छोरा हुन् । उमाकला पाल्पा घर भई वालिङ– १३ स्थित माइतीमा बस्दै आएकी थिइन् । उनी बुधबार मात्र मायाको घरमा गएकी थिइन् ।

उद्धार गरिएकी १६ वर्षीया मनीषा नेपालीलाई वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको डिएसपी अधिकारीले जानकारी दिए । उनको अवस्था सुधाराेन्मुख रहेको बताइएको छ । 

बिहीबार नै कालीगण्डकी गाउँपालिका– ४ गौतमडाँडाका बाबुराम दमाईं र जगतबहादुर दमाईंको घर पहिरोले पुरिएर पूर्ण रूपमा क्षति भएको छ । पहिरोमा परी बाबुराम दमाईंका १६ वर्षीय छोरा विष्णु दमाईंको मृत्यु भएको छ ।