१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ असोज ८ बिहीबार १५:०३:००
Read Time : > 2 मिनेट
सप्तरंग

महामारीका कारण चलचित्रमा पारिश्रमिक घटाएको छु : पुष्प खड्का 

Read Time : > 2 मिनेट
२०७७ असोज ८ बिहीबार १५:०३:००

पुष्प खड्का नेपाली चलचित्र क्षेत्रका उदीयमान अभिनेता हुन् । हालै मात्र उनी ‘कृष्णलीला’ नामक चलचित्रमा अनुबन्ध भएका छन् । अघिल्लो वर्ष उनले अभिनय गरेको ‘मारुनी’ चलचित्र प्रदर्शन भएको थियो । कोरोना महामारीले विश्व अर्थतन्त्रमा नै असर पारिरहेको वेला नेपाली चलचित्र पनि ठप्प छ । यस्तो वेलामा के गरिरहेका छन् र आफ्नो कला र कलाकारितालाई कसरी प्रवद्र्धन गरिरहेका छन् भन्ने विषयमा नयाँ पत्रिकाका प्रतिनिधिले अभिनेता खड्कासँग गरेको संवाद :–

पछिल्लो समय तपाईं म्युजिक भिडियोमा अलि धेरै व्यस्त हुनुभएको छ नि ?
हो । अहिले म्युजिक भिडियोमा अलि बढी व्यस्त भइरहेको छु । किनभने कोरोना महामारीका कारण तुरुन्त चलचित्रको काम सुरु हुने सम्भावना छैन । कोरोनाबाट सुरक्षित साथ काम गर्न सकिने अवस्था र सानो टिम भएकाले पनि यता अलि बढी सक्रिय भएको हुँ । हुन त पहिला पनि गरिरहेकै थिएँ । 

भर्खरै चलचित्र कृष्णलीलामा अनुबन्ध हुनुभएको छ । तर, अहिले चलचित्र घोषणा मात्र हुने गरेका छन् । तपाईंको चलचित्र फ्लोरमा जाने कहिले ? 
योजना त १५ असोजमै जाने हो । तर, हेरुम् न के हुन्छ । परिस्थिति बन्ला भन्ने हो । 

महामारीको समयमा पनि कलाकारले महँगो पारिश्रमिक लिएको र अझै पारिश्रमिक बढेको भन्ने आइरहेको छ । चलचित्र छायांकन हुने, प्रदर्शन हुने अनिश्चित छ । चलचित्र निर्माण गर्नै गाह्रो अवस्थामा कलाकारले महँगो पारिश्रमिक लिँदै गर्दा चलचित्र क्षेत्रको पीडालाई नबुझेको भनेर आलोचना भइरहेको छ नि ?
हामी कलाकार हौँ, तर चलचित्र क्षेत्रमा कलाकार मात्र नभएर हामी जिम्मेवार सदस्य पनि हौँ । यस हिसाबले हामीले हाम्रो चलचित्र क्षेत्रलाई के गर्दा सहज हुन्छ, के–कसरी चलायमान गराउन सकिन्छ, त्यसबारे सोच्नुपर्छ । चलचित्र उद्योगमा धेरै मान्छे आबद्ध छन् र यहीबाट आफ्नो जीवन चलाइरहेका छन् । यस्तो परिवेशबीच एक कलाकारले पारिश्रमिकमा सम्झौता गर्दा सय–पचास मान्छेलाई फाइदा पुग्छ भने गर्नैपर्छ । पैसा मात्र ठूलो कुरा होइन । मेरो सवालमा चाहिँ मैले सम्झौता गर्नुपर्ने ठाउँमा गरेको छु । म्युजिक भिडियोमा पनि तीस प्रतिशतसम्म गरेको छु । 

तर, तपाईंले म्युजिक भिडियोमा झ्याम्मै पैसा लिने गर्नुहुन्छ भन्ने सुनिन्छ त ? 
लिँदाखेरि एक लाख, एक लाख २० हजार लिने नै हो । तर, परिवेश हेरेर सहज वातावरण बनाउन सकिने अवस्थासम्म आफूलाई घटाएको छु । 

महामारीका वेलामा पनि कलाकारले धेरै पारिश्रमिक लिएर स्टारडम देखाउन खोजेको भनेर आलोचना भइरहेको छ । यसले निर्मातालाई दबाबमा त राख्ने नै भयो साथमा चलचित्रको बजेट पनि महँगो हुन्छ, होइन र ? 
चलचित्र वा म्युजिक भिडियोमा बढी खर्च हुने भनेको कलाकारमाथि नै हो । यो वेला महँगो पारिश्रमिक लिएको समाचारभन्दा पनि उद्योगलाई कसरी गतिमा लैजाने भन्नेतिर ध्यान दिनुपर्छ । सात महिनादेखि हल बन्द छन् । जनता घरमा थन्किएर बसेका छन् । यस्तो वेला हामी सबैको चुनौती भनेको चलचित्र कसरी चलाउने र दर्शकलाई हलमा कसरी फर्काउने भन्ने नै हो । निर्माताहरू चलचित्र निर्माण गरेर उद्योगलाई चलायमान गराउन कोसिस गरिरहेका छन् । यस्तो अवस्थामा हामी पैसामुखी हुनुहुन्न । म स्वयं नै चलचित्रमा आफ्नो पारिश्रमिक घटाएर सेयरमा बसेको छु । हामीले जिम्मेवारी बिर्सनुहुन्न, व्यक्तिगत नाफा मात्र हेर्नु भएन । 

चलचित्र क्षेत्र ठप्प भएपछि दक्ष प्राविधिक पलायनको संघारमा छन् । यसले सिंगो उद्योगलाई नै घाटामा पु¥याउँछ । उनीहरूलाई कसरी सहयोग भइरहेको छ ?
व्यवसाय बन्द भएका कारणले सबै प्राविधिकलाई गाह्रो छ । म्युजिक भिडियो सक्रिय भए पनि चलचित्र क्षेत्र अनिश्चित छ । यो अवस्थामा सबैलाई सकेको साथ दिनुपर्छ, प्राविधिकलाई जोगाउनुपर्छ । सपनाको कुरा त पूरा गर्न सक्दैनौँ होला, तर दैनन्दिन आइपर्ने आवश्यकतालाई हामीले आफूले सकेको ठाउँबाट सहयोग गर्नुपर्छ ।