१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १६:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

कर्णाली प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १६:३४:oo

सोमबार कर्णाली प्रदेशमा थप ३७ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल दैलेख र चौरजहारी नगरपालिकाको पिसिआर मेसिनमा गरिएको परीक्षणमा थप ३७ जनामा कोरोना पुष्टि भएको हो । 

प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका २१ जना, दैलेखका तीनजना, सल्यान, जुम्ला, कञ्चनपुर, बैतडी, प्युठान जिल्लाका एक–एकजना गरी २१ जना, दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा सातजना र चौरजहारी नगरपालिकाको पिसिआर मेसिनमा गरिएको परीक्षणमा भारतका एकजना गरी ३७ जनामा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए । 

कर्णालीमो योसँगै कोरोना संक्रमित ३१ सय ७३ पुगेको छ । 

कर्णालीमा विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट सोमबार नौजनामा कोरोना संक्रमण निको भएर घर फर्किएको महाशाखा प्रमुख शाहीले बताए । 

कर्णालीमा कोरोना संक्रमण निको हुनेको संख्या २६ सय ८७ पुगेको छ । 

हाल कर्णालीमा कोरोना सक्रिय संक्रमितको संख्या चार सय ८० रहेकाे छ । 

ad
ad