१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज ५ सोमबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ असोज ५ सोमबार o९:२६:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

बानियाँको ‘महारानी’ उपन्यासलाई मदन, शान्ति ठटाललाई जगदम्बाश्री पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ असोज ५ सोमबार o९:२६:oo

चन्द्रप्रकाश बानियाँको ‘महारानी’ उपन्यासले ०७६ को मदन पुरस्कार प्राप्त गरेको छ । आइतबार मदन पुरस्कार गुठीले बानियाँद्वारा लिखित ‘महारानी’ उपन्यासलाई मदन पुरस्कार र संगीतकार शान्ति ठटाललाई जगदम्बाश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

संगीतकार ठटाल ६ दशकदेखि नेपाली गीत–संगीत क्षेत्रमा समर्पित छिन् । दुवै पुरस्कार वितरण कार्यक्रम भने कोभिड महामारीको परिस्थितिका कारण पछि सार्वजनिक गरिने गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ । 

मदन पुरस्कारका लागि उत्कृष्ट सात पुस्तक छनोट भएका थिए । मदन पुरस्कार सूचीमा जोकरको बन्दुक (विमल निभा), धर्सैधर्साको चक्रव्यूह (तीर्थ श्रेष्ठ), परित्यक्ता (भुवन ढुंगाना), महारसनिघण्टु, (खण्ड १–३) योगी धर्ममहारस, महारानी (चन्द्रप्रकाश बानियाँ), मोहपथ (ललित विष्ट) र यात्रामा (शारदा शर्मा) परेका थिए । म्याग्दीको बेनी नगरपालिका–५ घर भएका उपन्यासकार बानियाँ पूर्वसांसदसमेत हुन् ।