१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७७ असोज ५ सोमबार ०७:४८:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७७ असोज ५ सोमबार ०७:४८:००

धेरै पहिले भारतको एउटा राज्यमा एकजना सनकी राजा शासन गर्थे । राजा फूलका निकै सौखिन थिए । उनले सुगन्धित फूलका पच्चीस गमला आफ्ना कोठाबाहिर राखेका थिए । एक दिन दरबारमा एक कामदारले काम गर्ने क्रममा गमलालाई ठक्कर दियो र गमला फुटायो । यो कुरा थाहा पाएपछि राजा निकै क्रोधित भए ।

क्रोधमा राजाले नोकरलाई दुई महिनाभित्र फाँसी दिन आदेश दिए । साथमा राजाले फुटेको गमला जोड्न सक्ने व्यक्ति भए दरबार आउन आह्वान गरे । राजाले आफ्नो बहुमूल्य गमला जोड्न सक्ने कोही भए जे माग्यो, त्यही पुरस्कार दिने घोषणा गरे । राजाको घोषणा सुनेर एक महात्मा ऋषि पनि दरबार आए । ती महात्माले राजालाई गमला फुटेको स्थानमा लान भने । 

त्यहाँ पुगेपछि महात्माले लाठी मागे । राजाले लाठी मगाए । तर, महात्माले त राजाका बाँकी गमला एक–एक गरेर फुटाए । राजा स्तब्ध भएर सबै हेरिरहे । उनलाई रहस्यमयी ऋषिले गमला फुटाएर कुनै रहस्यात्मक शक्तिमार्फत गमला जोड्न लागेको हो कि भन्ने लाग्यो ।

सबै गमला फुटाइसकेपछि महात्माले राजालाई लाठी दिँदै भने, ‘फुटेको गमला जोडेर पहिलेजस्तै यो संसारमा कसैले बनाउन सक्दैन । तर, प्रत्येक गमला फुट्दा एकले फाँसी पाउने अवस्था आउने यो दरबारमा यी सबै गमला फुटाएर मैले २४ जनालाई फाँसीको सम्भावनाबाट जोगाएँ ।’ ऋषिको कुरा सुनेपछि राजालाई आफ्नो अहंकारको बोध भयो । उनले फाँसीको सजाय पाएका व्यक्तिलाई पनि माफी गरिदिए । खासमा वस्तु जति नै बहुमूल्य किन नहोस्, त्यो मानिसको ज्यानको मूल्यबराबर हुँदैन ।