
नयाँ पत्रिका दैनिकका कञ्चनपुर संवाददाता मोहन विष्ट सहकारी पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । सुदूरपश्चिमको उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले पत्रकार विष्टलाई सहकारी पत्रकारिता पुरस्कार ०८२ प्रदान गरेको होे ।
मंगलबार सहकारीको २७औँ वार्षिक साधारणसभाकोे अवसरमा पत्रकार विष्टलाई सहकारीले नगद र प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गर्दै पुरस्कार प्रदान गरेको हाे ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका वरिष्ठ अधिवक्ता एवं सहकारीका पूर्वअध्यक्ष पूर्णबहादुर चन्द, सहकारीका अध्यक्ष नारा जोशीले दोसल्ला ओढाएर नगद ११ हजारसहित सम्मान गरेका हुन् ।
उदयदेव बहुउद्देश्यीय सहकारीका प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर चन्दले पत्रकार विष्टले सहकारीको वृद्धि विकास, समस्यादेखि आर्थिक क्षेत्रमा कलम चलाएबापत सम्मान गरेको बताए । ०७५ सालदेखि नयाँ पत्रिकामा जोडिएका पत्रकार विष्टले पुरस्कार सम्मानसँगै थप जिम्मेवारी थपिएको बताए ।