१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ४ आइतबार १६:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कमल थापा भन्छन्- राप्रपाले बाेकेको विचारले मात्र मुलुक सबल, समुन्नत र स्वाधीन बन्छ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ४ आइतबार १६:५३:००

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीलाई बलियो शक्तिको रूपमा उठाएरै छाड्ने दृढता व्यक्त गरेका छन् । आज पार्टीसम्बद्ध जनवर्गीय संगठनका पदाधिकारी, सदस्यहरूसँग भर्चुअल बैठक गर्दै अध्यक्ष थापाले नेपालको भूराजनीतिक अवस्थाका कारण राप्रपाले बोकेको विचारले मात्र मुलुकलाई सबल, समुन्नत र स्वाधीन बनाउन सक्ने दाबी गरे । 

पार्टीका विषयमा रहेका भ्रमलाई चिर्न जनवर्गीय संगठनका नेता–कार्यकर्तालाई जनतामाझ जान आग्रह गर्दै थापाले युवा पुस्ताको बलमा राप्रपालाई उठाउनुपर्ने र मुलुकलाई सही दिशा दिनुपर्नेमा जोड दिए ।

राप्रपाको एकतालाई चाँडोभन्दा चाँडो टुंगो लगाई मुलुकले खोजेको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउने र राप्रपालाई वैकल्पिक शक्तिको रूपमा भरोसायोग्य शक्ति बनाउने अध्यक्ष थापाले बैठकमा सहभागीहरूलाई विश्वास दिलाए । 

पार्टी एकतालाई जोगाउँदै सिद्धान्त र विचारलाई बलियो बनाउन आफू इमानदारीपूर्वक लाग्ने थापाले बताए । 

गलत र त्रुटिपूर्ण मार्गचित्रका कारण देश दिनप्रतिदिन समस्याको दलदलमा फस्दै गएको चर्चा गर्दै अध्यक्ष थापाले धर्म, संस्कृति, पहिचान र स्वाभिमान रक्षाको निमित्त नयाँ पुस्ता बढी सचेत हुनुपर्ने बताए ।

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, कोरोना संकट, पार्टी एकता र भावी कार्ययोजनाबारे पछिल्लो समय प्रविधिको सदुपयोग गर्दै निरन्तर बैठक गरिरहेका छन् ।

जनवर्गीय संगठनका नेताहरूले पार्टीको सिद्धान्त र विचारलाई स्थापित गर्ने गरी सांगठनिक गतिविधिलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका थिए । 

बैठकमा २१ जनवर्गीय संगठनका प्रमुख र पदाधिकारीको सहभागिता रहेको पार्टी सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।