मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ४ आइतबार १५:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा सचिवालय बैठक सकियो, मन्त्रिपरिषद् पुनर्गठनको मापदण्डमा छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ४ आइतबार १५:२३:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी मापदण्डबारे नीतिगत छलफल भएको छ । 

कोटेश्वर पेरिसडाँडास्थित जनवर्गीय संगठनहरूको केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी मापदण्डमा केन्द्रित रहेर छलफल भएको हो । बैठकमा मन्त्रिपरिषद् पुनर्गठनसहित चार एजेन्डा छलफलका लागि प्रस्तावित छ ।

‘स्थायी समिति बैठकको निर्णयअनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तय भएको छ । सचिवालय पुनर्गठनका मापदण्डका सम्बन्धमा विभिन्न कोणबाट नीतिगत रूपमा सुझाब दिइएको छ, तर व्यक्तिका नामका सन्दर्भमा प्रवेश गरेनौँ,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘आवश्यकता पर्‍यो भने प्रधानमन्त्रीसँग पछि नै छलफल हुन्छ, आज नीतिगत रूपमा मापदण्डबारे विभिन्न कोणबाट सुझाब मात्रै दिइएको हो ।’

श्रेष्ठले सरकारलाई प्रभावकारी बनाउने, सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने लक्ष्यलाई अगाडि बढाउने सन्दर्भमा विभिन्न कोणबाट विभिन्न विकल्पमा छलफल पुनर्गठनका विषयमा छलफल भएको पनि जानकारी दिए । 

बैठकले संवैधानिक र राजनीतिक नियुक्ति, सांगठनिक एकीकरणका बाँकी काम र विविध एजेन्डा तय गरेको छ । विविधअन्तर्गत संगठन विभागका निर्णयहरूको अनुमोदन, रिक्त स्थानमा स्थायी समिति र केन्द्रीय कमिटी सदस्यहरुको पदपूर्ति, केन्द्रीय कमिटीका सदस्यहरूलाई नियमित आर्थिक सहयोग । कोभिड १९ महामारीका वेला पार्टीका संघीय संसद्का सदस्यहरूको बैठक भत्ताका विषयमा पनि छलफल गर्ने कार्यसूची रहेको प्रवक्ता श्रेष्ठले बताए । 

बाँकी एजेन्डाहरूमा छलफल गर्न सचिवालय बैठक जनसंगठनहरूको कार्यालय, पेरिसडाँडामै सोमबार दिउँसो १ बजे बस्ने तय भएको छ । नेकपा एकीकरणपछि पहिलोपटक तत्कालीन माओवादीको कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बसेको हो ।