१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १९:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

लोकदोहोरीमा जम्दै गायक अर्जुन सापकोटा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १९:२५:oo

पछिल्लो समय गायक अर्जुन सापकोटा लोकदोहोरी गीत–गायनमा व्यस्त छन् । उनले गाएका गीत चर्चित पनि छन् । केही समयअघि मात्र उनले युट्युबमार्फत ‘जन्मेकै गाउँ रोयो...’ गीत सार्वजनिक गरेका छन् । सापकोटा र देवी घर्तीको आवाजमा रहेको यो गीतको शब्द र संगीत विमल अधिकारीको हो । गीतलाई धेरैले रुचाएका छन् । चितवनको भरतपुरमा बसेर सांगीतिक कर्म गरिरहेका सापकोटाको यो गीतलाई अहिलेसम्म झन्डै नौ लाखले हेरिसकेका छन् । 

चार वर्षदेखि सांगीतिक कर्ममा सक्रिय सापकोटाका अहिलेसम्म डेढ दर्जन गीत सार्वजनिक भइसकेका छन् । सानैदेखि संगीतमा रुचि भएका उनको परिवार पनि सांगीतिक क्षेत्रमै थियो । त्यही भएर पनि आफूले सानैदेखि सांगीतिक वातावरण पाएको र त्यसले संगीतमा लाग्न उत्प्रेरणा दिएको सापकोटा बताउँछन् । भन्छन्, ‘सानो हुँदादेखि नै म बुबाका गीत गाउने गर्थे । अहिले चार वर्ष भयो, यही क्षेत्रमा भविष्य खोजुँ भनेर लागेको ।’ 

यो गीतभन्दा अघि मात्र सापकोटाको ‘पिरती नला माया’ सार्वजनिक भएको थियो । आठ महिनाअघि सापकोटाको ‘वनकी चरी वनैमा’ सार्वजनिक भएको थियो । हालै उनको ‘ल्याङ फ्याङ’ बोलको दशैँ गीत आएको छ । सापकोटाका प्रायः गीत भावना म्युजिक सोलुसनमार्फत रिलिज हुने गर्छन् । 

तर, ‘वनकी चरी वनैमा’ गीत भने उनले आफ्नै च्यानलबाट सार्वजनिक गरेका छन् । यसरी नै दर्शकको माया पाइरहे आफू संगीतकर्ममै लागिरहने सापकोटा बताउँछन् । भन्छन्, ‘अहिलेसम्म दर्शकले माया दिइरहनुभएको छ । यो माया र प्रेमका कारण अझै राम्रा गर्दै जाने ऊर्जा आइरहन्छ ।’
 

ad
ad