१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १२:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बडिगाड गाउँपालिकामा गर्भवती महिलाको निधन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १२:oo:oo

जिल्लाको बडिगाड गाउँपालिकामा एक गर्भवती युवतीको मृत्यु भएको छ । रुपन्देहीको हरैया घर भएकी १९ वर्षीया सलिना रजालीको शुक्रबार मृत्यु भएको बडिगाड गाउँपालिका- १ का वडाध्यक्ष बोमबहादुर थापाले जानकारी दिए । उनी केही दिनअघि बडिगाड गाउँपालिका- १ दगातुन्डाँडा, नेपानेमा माइतीघर आएकी थिइन् ।  

बिहीबार साँझदेखि स्वास्थ्यमा समस्या देखिए पनि सलिना शुक्रबार मात्रै स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि आएकी थिइन् । स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले भिडियो एक्सरे गर्नका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएका थिए । वडाध्यक्ष थापाका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र नपुग्दै उनको बाटोमै मृत्यु भएको थियो । 

रजालीको पाठेघरभन्दा बाहिरी भागमा बच्चा बसेका कारण त्यस्तो समस्या भएको हुन सक्ने बडिगाड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख निरञ्जन यादवले बताए ।  
 

ad
ad