१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
बद्री नारायण
२०७७ भदौ ३१ बुधबार ०९:०४:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

मिडिया र हाम्रो विवेक

Read Time : > 2 मिनेट
बद्री नारायण
२०७७ भदौ ३१ बुधबार ०९:०४:००

मूलतः भारतीय च्यानलले सत्ताधारी मानसिकतालाई बल पुर्‍याउन र त्यसका लागि माहोल बनाउन भूमिका खेल्छन्

भारतीय गाउँहरूमा एउटा प्रचलित भनाइ छ, ‘हामीले जस्तो हेर्दै जान्छौँ, त्यस्तै हुन्छौँ ।’ भन्नुको अर्थ, सुनेका आधारमा भन्दा हेरेको कुराले हामीलाई गहिरो गरी प्रभावित पार्छ । साथीसँगीलाई हेर्दाहेर्दै हाम्रो व्यवहार पनि कति वेला फेरिन्छ, थाहै हुँदैन । हामी हिजोआज जस्तो खाले मिडियाको परिदृश्यमा बाँचिरहेका छौँ, त्यहाँ हामीले हेरेका आधारमा हाम्रो विचार निर्माण हुँदै जान्छ । हिजोआज भारतको सहरी क्षेत्रमा त घर–घरमा टेलिभिजन पुगिसकेको छ भने ग्रामीण क्षेत्रमा पनि ५० प्रतिशत घरहरूमा टेलिभिजन पुगिसकेको छ । सम्झनुस् त, जहाँ पहिले एउटा मात्रै दूरदर्शन च्यानल, टिभी हुँदै हाम्रो घर भित्रिन्थ्यो, आज निजी टिभी च्यानलहरूले भरिएका छन् । भारतमा झन्डै तीन सय ५० भन्दा धेरै टिभी च्यानलहरू उपलब्ध छन् र झन्डै एक सय जति लाइसेन्सको प्रक्रियामा छन् । यसमा कैयौँ त २४ घन्टे समाचार च्यानल नै छन् । यिनैका माध्यमबाट हामी ब्रेकिङ न्युज सिन्ड्रोमको आगोसमा लीन छौँ । 

समाचार च्यानलको नैतिक पक्षलाई हेर्ने हो भने यसले सूचना, समाचार र जन–संवादको माध्यमबाट हामीलाई सजग र गतिमान नागरिक बनाउने माध्यमका रूपमा काम गर्छ । यसले समाजमा तत्कालै घटित घटनालाई देखाउन र व्याख्या गर्न सत्ता, समाज र जनमानस तीनवटैलाई एकअर्काप्रति संवेदनशील र जागरुक बनाउनका लागि हो । सिद्धान्ततः आफ्नो समाचारप्रति जनतामा विश्वास पैदा गर्नु नै हो । कैयौँचोटि कस्तो देखिन्छ भने हामीले टिभीको समाचारमा अविश्वास गर्दागर्दै त्यसमै विश्वास गर्न थाल्छौँ । गाउँले भाषामा भन्ने हो भने हुँदैन, हुँदैन भन्दाभन्दै हुन्छ भन्न भ्याउँछौँ । घटनाहरू त साँचा हुन्छन्, तर जब ती टिभी च्यानलका समाचारमा फेरिन्छन्, त्यतिवेला ती निर्दोष र सहज हुँदैनन् । सरकारी टेलिभिजन हो भने त्यसमा राज्यसत्ताको छवि देखिन्छ । निजी च्यानल हो भने त्यसमा बजार र पुँजीको छाप समाचारको पृष्ठभूमिमा चलिरहेको स्पष्ट हेर्न सकिन्छ । आग्रह–पूर्वाग्रह रोमाञ्च, उत्तेजना, हिंसा, नाटक, एक्सन आदि समाचारको हिस्सा बनेर हाम्रो व्यवहार, शैली, मन–मस्तिष्क र सोचलाई हस्तक्षेप गर्न आइपुग्छन् । 

भारतीय जनताको आलोचनाबोधले समाचारको राजनीति, बजार, सत्ता र शक्तिको आक्रामक राजनीतिमा पनि तुफानमा दियो जलाइरहेको छ । 

टेलिभिजनको पर्दामा, जहाँ तर्क तथ्यको व्याख्याबाट बहस हुनुपर्छ, त्यहाँ हिंसा, रोमाञ्च, नाटक र एक्सन यति हाबी हुन पुग्छ कि कैयौँपटक त लाइभ अन्तरक्रियामा आउनेले ज्यान गुमाउने गरेको छ । दर्शक र समाज यी नाटकले भरिएका विमर्शमा अनेकौँपटक विश्वास गर्न पुग्छन् । विश्वास गर्ने र विश्वास पैदा गर्नेका बीच शक्ति र पुँजीको एउटा अदृश्य वा रहस्यमय संसार सक्रिय हुन्छ । समाचार च्यानसँगै छ सामाजिक सञ्जाल, जसलाई पहिले विकल्पका रूपमा हेरिएको थियो । तर, हिजोआज यी दुवै एकअर्काको अँगालोमा बेरिएका छन् । समाचार च्यानलका साथ सामाजिक सञ्जालको प्रेम चलि नै रहेको छ । कैयौँपटक सामाजिक सञ्जालको समाचारलाई च्यानलले र कैयौँपटक च्यानलको समाचारलाई सामाजिक सञ्जालले अघि बढाउने गर्छ । यो सबै बजारको खेल हुने गर्छ । डर के हो भने कुनै दिन मन पर्दैन भन्दाभन्दै टिभी च्यानलको समाचारमा जनताले विश्वास गर्न थाल्ने हुन् कि ? समाचार च्यानलहरूले कैयौँचोटि जनताको रुचि निर्माण गर्ने गर्छन् र पछि भन्छन्– समाजले यस्तै समाचार मन पराउँछ, त्यसैले हामी यस्ता समाचार देखाउँछौँ । समाचार च्यानलको दुनियाँमा मृत्यु, आत्महत्या, प्रतिरोध सबै एउटै भावमा समाचारको बजारमा बेच्ने गरिन्छ । 

कैयौँ समाज विज्ञानको अध्ययनबाट के स्पष्ट हुन्छ भने मानिसको मनमा टिभी च्यानलको तुलनामा पत्रिकाको खबर धेरै विश्वनीय हुन्छ, तर समाचार च्यानलहरूले देखाएको समाचार, पढेको समाचारभन्दा गहिरो गरी मन–मस्तिष्कमा छापिने गर्छ । के भनिन्छ भने भारतीय लोकतन्त्रमा सन् ९० को दशकमा निर्माण भएको जागरुक र आलोचनात्मक चेतले लेस नागरिक समाज आजको दिनमा झन्डै विघटित भइसकेको छ । नागरिक समाचारको यो चेतलाई निमोठ्नका लागि एकातर्फ राज्यसत्ताको भूमिका रह्यो भने अर्कोतर्फ यिनै २४ सै घन्टा देखाइने समाचार च्यानलको रह्यो । उच्च वर्गीय मानिसको तुलनामा मध्यम वर्गका मानिसमा टिभी समाचारको असर न्यून छ । 

अधिकांश समाचार च्यानलमा सामाजिक समाचारका लागि निकै न्यून स्थान बाँकी छ । राष्ट्रिय समाचार च्यानलले राजनीतिक दलका लागि पनि धारणा निर्माणमा कतै न कतै भूमिका निर्वाह गरिरहेका हुन्छन् । मूलतः यी च्यानलले भारतीय सत्ताधारी मानसिकतालाई बल पुर्‍याउन र त्यसका लागि माहोल बनाउन भूमिका खेल्ने गर्छन् । भारतीय लोकतन्त्र वा भारतीय समाजको आजको सबैभन्दा ठूलो चुनौती के हो भने समाचार च्यानलको कोलाहलमा उसले आफ्नो विवेक कसरी बचाउनेछ ? भारतीय जनताको आलोचनाबोधले समाचारको राजनीति, बजार, सत्ता र शक्तिको आक्रामक राजनीतिमा पनि तुफानमा दियो जलाइरहेको छ । यदि हामीले यहाँका समाचार च्यानलहरू र जनताको विवेक दुवैलाई प्रखर बनाउन सक्यौँ भने यो भारतीय समाजको जीवनशक्ति बन्न सक्छ।

(नारायण जीबी पन्त सामाजिक विज्ञान संस्थानका निर्देशक हुन्)
हिन्दुस्तान टाइम्सबाट