
विहार विधानसभा निर्वाचन हुन लागेको छ । यति वेला यहाँको प्रजातान्त्रिक संघर्षलाई स्मरण गर्नु सान्दर्भिक हुनेछ । किनभने यस्ता अनुभवका कैयौँ पाना हाम्रा अघिल्तिर छन् । पहिलो पाना नै के हो भने प्रजातन्त्रलाई जातमा विभाजित सामाजिक संसारमा राख्ने काम भएको छ । अर्थात् प्रजातन्त्रले जात–व्यवस्थाको बाटो भएर हिँड्नु परिरहेको छ । झन्डै सबैजसो राजनीतिक टिप्पणीकार विहार निर्वाचनमा यहाँको जात–व्यवस्था प्रभावकारी भएको ठहर्याउँछन् । यो झन्डै २०५ जातबीचको सामाजिक सहकार्य, टकराव र संवादपूर्ण प्रतिद्वन्द्विताले नै आकार लिइरहेको छ ।
विहारको प्रजातन्त्र र सत्तातन्त्रको इतिहासलाई नियाल्ने हो भने माथिल्लो जातका, जसको जनसंख्या विहारमा झन्डै २० प्रतिशतको वरपर छ, तिनले केही शिक्षित, जागरुक र विशिष्ट प्रभावकारी जातका कुलीनलाई समाएर सत्ता चलाई आएका छन् । विहारको प्रजातान्त्रिक सत्ताको इतिहासमा स्वतन्त्रतापूर्व वा स्वतन्त्रतापछिको झन्डै ३० वर्षसम्म हावी रहेको उच्च जातका कायस्थ, ब्राह्मण, क्षेत्री र भूमिहार प्रभावी थिए ।
स्वतन्त्रतापूर्व नै यिनको आधिपत्यका विरुद्ध पिछडा वर्गमा संख्या र बलमा प्रभावकारी जातका रूपमा रहेका यादव, कुर्मी, कोइरीको छटपटी महसुस गर्न थालिएको थियो । सन् १९३० देखि ४० मा यी जातकाले त्रिवेणी संघ बनाएका थिए र यिनका जातीय संगठन संक्रिय भएका थिए । स्वतन्त्रततापछि यी जात प्रजाबाट मुक्त भएर जमिनको मालिक हुने किसानमा फेरिए । हरित क्रान्तिबाट यी जात समूहले भरपूर लाभ उठाए र राजनीतिमा शक्ति पाउनका लागि शक्तिको अभ्यास गर्न थाले ।
समाजवादी राजनीति र गैरकांग्रेसको बाटोबाट यिनीहरूले विहारको सत्तामा आफ्नो जातको प्रभावलाई कमजोर बनाइदिए । तर, रोचक के हो भने यदि प्रजातान्त्रिक हिस्सेदारी पनि जातिको आधारमा हुने हो भने समाजमा विद्यमान सबै जात प्रजातान्त्रिक सत्ता–शक्तिमा आफ्नो हिस्सेदारी पाउन सफल हुन्थे । विहारका झन्डै २०५ जातमा १५–२० भन्दा धेरैलाई अझै हिस्सेदारी पाउन पनि मुस्किल छ ।
राज्यमा झन्डै आधाभन्दा धेरै जनसंख्या त पिछडिएकाको रहेको छ । पिछडिएका जातमध्ये पछिल्लो ७० वर्षमा निस्किएका सांसद, विधायक, मन्त्रीको यदि प्रोफाइल हेर्ने हो भने झन्डै पछाडि पारिएका १३० जातको सामाजिक समूहमध्ये कोइरी, कुर्मी, कुमार, बनिया, बढई, कुम्हार, कानु, गोंढी, गंगोतजस्ता जातलाई नै, जो संख्या र बलमा प्रभावकारी छन्, जनतन्त्रमा हिस्सेदारी पाएका छन् । तीनमध्ये धेरै हिस्सेदारी त्रिवेणी संघको राजनीतिबाटै जोड लगाई रहेका यादव, कुर्मी र कोइरीसँगै छ ।
विहारका दलित जातमा बातर, बाउरी, भोगता, दबकार, चैपाल, डोम, धांगर, हलखोर, घासीजस्ता अनेकन् जात महादलितको कोटीमा परे पनि प्रजातान्त्रिक शक्तिकै बलमा सदनसम्म पुग्न सकेनन् ।
विहारमा प्रजातान्त्रिक अनुभवको दोस्रो पाना दलित राजनीतिको स्थितिको बयान हो । विहारमा दलितको जनसंख्या १६ प्रतिशतवरपर छ । यसमा राजनीतिक संख्या बल र आकांक्षाको प्रदर्शनको आधारमा हरिजन र दुसाध दुई ठूला महत्वपूर्ण जात हुन् । सन् १९९१ मा यहाँ २३ दलित जात थिए । यसमा हरिजन, दुसाध, धोबी, मुसहर, पासी र भुइयां मिलेर दलित जनसंख्याको ९३ प्रतिशत हुने गर्छ ।
बाँकी रहेका १७ दलित जातको जनसंख्या सात प्रतिशतमा खुम्चिन पुग्छ । स्वतन्त्रतादेखि अहिलेसम्म विधानसभा र लोकसभामा दलितमा हरिजन, दुसाधकै प्रतिनिधित्व सबैभन्दा धेरै भएको देखिन्छ । त्यसपछि पासी, धोबी, रजवारजस्ता दलित जातका प्रतिनिधिको हिस्सेदारी देखिन्छ । मुसहर जात अति दलित समूहमा, संख्या र बलमा धेरै प्रतिनिधित्वको राजनीतिमा प्रभावकारी आकांक्षालाई व्यक्त गर्ने भएकाले राम्रो हिस्सेदारी हासिल गर्न सफल भएका छन् ।
विहारका दलित जातमा बातर, बाउरी, भोगता, दवकार, चैपाल, डोम, धांगर, हलखोर, घासीजस्ता अनेकन जात महादलितको कोटीमा परे पनि प्रजातान्त्रिक शक्तिकै बलमा सदनसम्म पुग्न सकेनन् । दलितमा जुन जाति प्रजातान्त्रिक शक्ति सदनमा प्रभावकारी रूपमा सामेल छन्, ती प्रायः बलमा प्रभावकारी छन् । हरिजन समग्र दलित आवादीको ३९ प्रतिशत छन् । दुसाध अर्को ठूलो जात हो । ती प्रायः संख्या बलमा प्रभावकारी छन् ।
दुसाध दोस्रो ठूलो दलित जाति हो । मुसहरको जनसंख्या पनि दलितमा प्रभावकारी छ । अब के हेर्नु पर्नेछ भने बिस्तारै बिस्तारै थोपा–थोपा हुँदै प्रभावकारी जनतान्त्रिक शक्ति वा अकांक्षाहरू तीसम्म पुग्छन् र ती भनिरहेका छन् कि अब सिंहासन खाली गर हामी पनि आउँछौँ । यसै भारतमा प्रजातन्त्रलाई सफल बनाउने हो भने त ऊ समानुपातिक हुनुपर्ने हुन्छ । सबै साना–ठूलालाई आफ्नोमा ठाउँ दिनुपर्ने हुन्छ ।
जातिभावका माध्यमबाट सत्ता प्राप्तिका बाबजुद भारतीय जनतालाई एक दिन जातबाट पर जनतान्त्रिक नागरिकको अस्तित्वमा बदल्नुपर्ने हुन्छ । भारतीय प्रजातान्त्रिक आन्दोलनमा हामीले एउटा नयाँ अध्याय थप्नु पर्नेछ, जुन भिमराव अम्बेडकरको सपनालाई साकार पार्दै जातव्यवस्थालाई थोपाथोपा गर्दै प्रजातन्त्रको महासागरमा समाहित गर्नुपर्ने छ । अनि बल्ल विहारमा र भारतमा सही जनतान्त्रिक अनुभवसँग हाम्रो साक्षात्कार हुनेछ ।
(लेखक जीबी पन्त सामाजिक विज्ञान संस्थानका निर्देशक हुन् ।) हिन्दुस्तानबाट