१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार १६:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संस्थाका आइसोलेसनमा बस्न मान्दैनन् संक्रमित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १६:१५:oo

कोरोना संक्रमित बढ्दै जाँदा आइसोलेसनमा बस्नेको संख्या भने घट्न थालेको छ । पाँच महिनाअघि कोरोना संक्रमण पुष्टि हुनासाथ सरकारी, गैरसरकारी निकायले तयार पारेको आइसोलेसनमा बस्ने संक्रमितको संख्या धेरै थियो ।

तर, पछिल्लो समय सरकारी, गैरसरकारी निकायले सञ्चालन गरेको आइसोलसनमा व्यवस्थापकीय कमजोरीका कारण संक्रमितहरूको रुचि होम आइसोलेसनमा पर्ने गरेको छ । सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार बागमती प्रदेशमा हाल सात हजार ६ सय ७६ सक्रिय संक्रमित छन् ।

प्रदेशको १३ जिल्लामा तयार पारिएको आइसोलेसन वार्डमा शनिबारसम्म तीन हजार तीन सय ६२ जना बसिरहेका छन् । हाल सक्रिय संक्रमितमध्ये चार हजार तीन सय १४ जना होम आइसोलेसनमा बसिरहेका छन् । प्रदेशमा तीन हजार एक सय ९९ बेडको आइसोलेसन वार्डमा तीन हजार तीन सय ६२ जना बस्दा आइसोलेसनमा विभिन्न समस्या थपिँदै गएको संक्रमितहरूको गुनासो छ ।

आइसोलेसनमा व्यवस्थापकीय कमजोरीका कारण संक्रमितलाई आफूले कोरोना जित्न नसक्ने डर अझै बढिरहेको छ । होम आइसोलेसनमै बसेर कोरोना जितेकी ९३ वर्षीया वृद्ध भन्छिन्, ‘आइसोलेसन नाम मात्रको छ भन्ने सुनेपछि परिवारले होम आइसोलेसनमै बस्ने व्यवस्था मिलाए, घरमै बसेर कोरोनामुक्त हुन सफल भएँ ।’

हेटौँडा–११ स्थित नवलपुर घर भएकी ९३ वर्षीया वृद्धा मात्र होइन, युवावस्थाका संक्रमित पनि आइसोलेसनलाई अविश्वास गर्न बाध्य छन् । होम आइसोलेसनमा बस्दा परिवारलाई कोरोना सर्ने डर भए पनि घरमै बसेर कोरोना जित्न सफल भएको हेटौँडा–५ की  ४१ वर्षीया महिलाले बताइन् । उनी १६ दिन होम आइसोलेसनमा बसेर शनिबार डिस्चार्ज भएकी हुन् ।

बागमती प्रदेशमा शनिबारसम्म ७९ हजार चार सय २२ जनाको स्वाब परीक्षण गर्दा १४ हजार पाँच सय ९७ जना संक्रमण पुष्टि भएको छ । बागमतीमा हाल आठ हजार सात सय चार बेडको क्वारेन्टिन बेड तयारी अवस्थामा छ, चार सय ९१ जना मात्र क्वारेन्टिनमा बसिरहेका छन् । तर, एक हजार दुई सय ९८ जना होम क्वारेन्टिनमा बसिरहेका छन् । क्वारेन्टिनबाट संक्रमण हुन सक्ने डरका कारण होम क्वारेन्टिनमा बस्न बाध्य हुनेहरू बढिरहेको मेडिकल ल्याब्रोटरी एसोसिएसन नेपाल (मेलान)का केन्द्रीय सचिवालय सदस्य उत्सव चौलागाईंको बताए ।

आइसोलेसन बेडको अभाव

बागमती प्रदेशका १३ मध्ये पाँच जिल्लामा पाँच सयभन्दा बढी संक्रमित छन् । तर, जहाँ संक्रमित बढी छन्, त्यही जिल्लामा आइसोलेसन बेडको संख्या कम छ ।

हाल काठमाडौंमा नौ हजार एक सय सात संक्रमित छन्, त्यहाँ जम्मा एक हजार तीन सय ४७ आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ । यसैगरी चितवनमा एक हजार दुई सय ८६ संक्रमित, आइसोलेसन तीन सय ५५, ललितपुरमा एक हजार एक सय ३१ संक्रमित, आइसोलेसन दुई सय ८९, मकवानपुरमा नौ सय ६८ संक्रमित आइसोलेसन दुई सय १७ र भक्तपुरमा नौ सय ६ संक्रमित, आइसोलेसन बेड संख्या तीन सय २१ मात्र छ । 

ad
ad