मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ भदौ २८ आइतबार
  • Sunday, 13 July, 2025
२o७७ भदौ २८ आइतबार १o:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सवारी ज्यानमुद्दा र जबर्जस्ती करणीका अभियुक्त पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ भदौ २८ आइतबार १o:४४:oo

सिराहा प्रहरीले कर्जन्हा नगरपालिका– ३ बाट शनिबार सवारी ज्यानमुद्दा र जबर्जस्ती करणीका  दुई अभियुक्तलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार काभ्रेपलाञ्चोक जिल्लाका सवारी ज्यान मुद्दामा फरार रहेका प्रतिवादी सन्तोष बुढाथोकीलाई शनिबार साँझ कर्जन्हा– ३ बन्दीपुरस्थित उनकै घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

 इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले प्रतिवादी बुढाथोकीविरुद्ध रहेको सवारी ज्यानसम्बन्धी थप विवरण खुलाएको छैन । 

त्यस्तै, १० भदौमा कर्जन्हाकी १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको पीडितकी आमाले दिएको उजुरीको आधारमा प्रहरीले शनिबार कर्जन्हा– ३ का ४५ वर्षीय घेमा भनिने रामचन्द्र सदालाई पक्राउ गरेको छ ।

 पीडित बालिका र आरोपी सदाको  सिराहा अस्पतालमा शनिबार राति स्वास्थ्य परीक्षण गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी सन्तुलालप्रसाद जैसवालले बताए ।