मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ २५ बिहीबार ०८:२६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया प्रिन्ट संस्करण

निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा बढ्यो चहलपहल [फोटोफिचर] 

Read Time : < 1 मिनेट
२०७७ भदौ २५ बिहीबार ०८:२६:००

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलाे पारिएसँगै बजारमा चहलपहल बढेकाे छ । उपत्यकालगायत देशका विभिन्न ठाउँमा कोरोना संक्रमण बढ्दै गएपछि सुरु भएको निषेधाज्ञा दोब्बर संख्यामा संक्रमण बढेकै अवस्थामा बुधबार रातिदेखि खुकुलो पारिएको हाे । काठमाडौं उपत्यकामा ४ भदौदेखि निषेधाज्ञा जारी छ । 

यस अवधिमा मात्रै सात हजार संक्रमित थपिएका छन् । बुधबार चार सय ६४ नयाँ संक्रमित थपिएसँगै कुल संक्रमित संख्या नौ हजार चार सय ४० पुगेको छ । त्यसमध्ये सक्रिय संक्रमित नै करिब ६ हजार छन् । 

के-के काम गर्न पाइन्छ ?

सार्वजनिक/निजी सवारी : जोर–बिजोर प्रणालीमा चलाउन पाइने
तरकारी, दूध, मासुलगायत खाद्यवस्तुका पसल : बिहान ११ र साँझ ५ देखि ७ बजेसम्म 
-  सपिङ मल, फेन्सी, जुत्ता, कस्मेटिकका पसल : सोमबार, बुधबार र शनिबार मात्र 
-  भाँडा र भान्साका सामग्री पसल : आइतबार, मंगलबार र शुक्रबार
-  फर्निचर र अटोमोबाइल पसल : सोमबार र बुधबार
-  फुटपाथ, ठेला, स्टेसनरी, विद्युतीय पसल र डिपार्टमेन्टल स्टोर : बिहान ११ र बेलुकी ४ देखि ७ बजेसम्म
अनलाइन डेलिभरी : मध्याह्नदेखि साँझ ७ बजेसम्म

काठमाडौं उपत्यकामा चहलपहल खुकुलो बनाइए पनि जारी निषेधाज्ञा भने ३१ भदौसम्म कायम छ । निषेधाज्ञा खुकुलो बनाइएकाे पहिलाे दिन नयाँ पत्रिकाका फाेटाे पत्रकार ज्ञानेन्द्र कार्कीले संकलन गरेका केही तस्बिरहरू :