१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार ११:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

वामदेम गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय फिर्ता गर्न विवेकशील नेपाली दलको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:४५:oo

विवेकशील नेपाली दलले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनीत गर्न नेकपाले गरेको निर्णय फिर्ता लिन माग गरेको छ ।

दलले मंगलबार विज्ञप्ति निकालेर प्रत्यक्ष निर्वाचनमा पराजित भएका व्यक्तिलाई व्यवस्थापन गर्नका लागि राष्ट्रिय सभा नभएकाले त्यस्तो गर्नु अनुपयुक्त हुने दलले जनाएको हो ।

दलले यस्तो गतिविधिले राजनीतिक दलका नेताहरू पदविना एक क्षण पनि बस्न सक्दैनन् भन्ने सन्देशसमेत जाने विषयमा ख्याल गर्न नेकपालाई आग्रह गरेको छ ।  

निर्वाचनमा पराजित व्यक्ति त्यही कार्यकालमा मन्त्री नियक्त हुन नसक्ने संवैधानिक व्यवस्थालाई बेवास्ता गर्दै बामदेव गौतम मन्त्री हुने उद्देश्यसहित राष्ट्रिय सभामा जान खोज्नुले कानुनी राज्यको खिल्ली उडाएको विवेकशील नेपाली दललको ठहर छ । 

साथै दलले नेकपासँग वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजानैपर्ने विषयमा जवाफ दिन पनि माग गरेको छ ।

ad
ad