१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८१ बैशाख २० बिहीबार २१:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बलात्कार आरोपी युवक पक्राउ

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २१:१२:oo

धनुषामा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । घरमा सुतिरहेको अवस्थामा सामूहिक बलात्कार भएको युवतीको उजुरीका आधारमा मनुवा राय अमात्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयले बलात्कारको आरोपमा युवकलाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले पीडित युवतीको सोमबार मेडिकल जाँच गराएको छ । 

आमाबुबा नातेदारको बिहेमा महोत्तरीमा गएको वेला मदिरा सेवन गरेका युवकहरू घरमै प्रवेश गरेर बलात्कार गरेको पीडित युवतीले बताएकी छिन् । ‘घरको गेट बन्द गरेर सुतिरहेकी थिएँ, राति करिब साढे ११ बजेतिर पानी परिरहेको अवस्थामा ढोका ढकढक गरेको आवाज आयो,’ उनले भनिन्, ‘छिमेकी आएको होला भनेर गेट खोल्न लाग्दा ती युवकहरूले जबर्जस्ती समातेर घरमा लगेर बलात्कार गरे ।’ 

युवती जोडले कराएपछि छिमेकी आएर बलत्कारीलाई समातेर प्रहरीलाई बुझाएका थिए । बलात्कारीलाई सहयोग गर्नेहरू भने भागेको पीडित युवतीले बताएकी छिन् । 

ad
ad