१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार ११:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

२० हजार लिटर डिजेल बोकेको ट्यांकर थानकाेटमा पल्टियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार ११:४९:oo

नेपाल आयल निगमको बागमती प्रादेशिक कार्यालय थानकोटअगाडि २० हजार लिटर डिजेल बोकेको ट्यांकर पल्टिएको छ । 

थानकोट डिपो प्रमुख प्रदीप यादवका अनुसार आइतबार बिहान साढे नौ बजे डिजेल लिएर आउँदै गरेको ट्यांकर डिपोनजिकै पल्टिएको हो ।

‘मुख्य राजमार्ग छाडेर निगमको डिपोतर्फ जाने सहायक बाटोको पहिलो मोडमा पुगेर ट्यांकर पल्टिएको थियो,’ उनले भने, ‘दुईवटा क्रेनको सहायताले ट्यांकरलाई खडा गरेका छौँ ।’ 

थानकोट डिपोतर्फ जाने सहायक सडक ढलान गरिएको छ । सो सडकको घुम्तीमा मोड्ने क्रममा चिप्लिएर ट्यांकर पल्टेको हो ।

अहिले निषेधाज्ञाका कारण बाटो खाली हुने गर्छ । यस्तो वेला ट्यांकरचालकहरूले अनियन्त्रित रूपमा तीव्र गतिमा तेल बोकेका ट्यांकर चलाउने गरेका छन् । 

आइतबार बिहान पनि तीव्र गतिमा ट्यांकर मोड्न खोज्दा पल्टिएर दुर्घटना भएको स्थानीयले बताएका छन् ।

डिपो प्रमुख यादवका अनुसार पल्टिएको ट्यांकरबाट करिब दुई हजार लिटर डिजेल नोक्सान भएको छ । 

‘दुर्घटनामा परेको ट्यांकरबाट डिजेल निकालेका छैनौँ । डिपोभित्र सुरक्षित स्थानमा राखेका छौँ,’ उनले भने ।

केन्द्रीय कार्यालयलाई ट्यांकर दुर्घटनामा परेकोबारे जानकारी दिएको र त्यहीँबाट निर्देशन आएपछि थप कारबाही अगाडि बढाउने उनले बताए ।

थानकोट डिपोमा अहिले दुई सय ट्यांकर पार्किङ गर्न मिल्ने नयाँ पार्किङ यार्ड बनेको छ । जसले गर्दा यसअघि बाटोमा पार्किङ गर्ने ट्यांकर अहिले डिपोभित्र नै जाने हुँदा सहायक बाटो खाली हुने गरेको छ । 

डिपोसम्म मात्र पुग्ने गरी बनाइएको बाटो खाली हुने हुँदा चालकहरूले तीव्र गतिमा दौडाउने र अनावश्यक रूपमा हर्न बजाएर दुःख दिने गरेको स्थानीयको गुनासो छ ।

ad
ad