मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ भदौ २० शनिबार २१:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विप्लव समूहका नेता विरही पक्राउ

Read Time : < 1 मिनेट
२०७७ भदौ २० शनिबार २१:४९:००

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता अनिल शर्मा ‘विरही’ अस्पतालबाटै गिरफ्तार भएका छन् । भरतपुर अस्पतालमा उपचाररत उनलाई अस्पतालले डिस्चार्ज गरेलगत्तै प्रहरीले शनिबार अपराह्न गिरफ्तार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार जिल्ला प्रहरी कार्यालय धनुषामा विरहीविरुद्ध राज्यविरुद्ध संगठित अपराध, ज्यान मार्ने उद्योगलगायतको मुद्दा भएकाले पक्राउ आदेश पालना गर्दै धनुषा पठाइएको हो । उनले भने, ‘अस्पतालले डिस्चार्ज गरेपछि प्रक्राउ गरेर पठाएका हाैँ । हामीले उहाँलाई धनुषा प्रहरीलाई जिम्मा लगाइसक्यौँ ।'

चितवनको रत्ननगर– ५ घर भएका नेता विरही ढाडमा समस्या भएपछि उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर भर्ना भएका थिए । गत २३ वैशाखमा अस्पतालबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएर भरतपुर अस्पताल पुऱ्याएको थियो । तर,  जिल्ला अदालत चितवनले शर्मालाई साधारण तारेखमा रिहा गर्न १८ जेठमा आदेश दिएको थियो । न्यायाधीश हेमन्त रावलको इजलासले शर्मालाई तत्काल हिरासतमुक्त गरी चिकित्सकको परामर्शविना फेरि पक्राउ नगर्नसमेत आदेश दिएको थियो । अदालतले राज्यविरुद्धको अपराध हुने कुनै प्रमाण नदेखिएको भन्दै चिकित्सकको परामर्शविना अन्यत्र नलैजान र धरपकडसमेत नगर्न भनेको थियो ।