१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १२:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गोरखा नगरपालिका एक साताका लागि सिल

अत्यावश्यक बाहेकका अन्य सेवा बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:२३:oo

कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै गोेरखा नगरपालिका एक साताका लागि सिल गरिएको छ । कोरोना भाइरसको रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि गठित गोरखा जिल्लास्तरीय कमान्ड पोस्टको शुक्रबार बसेको संयुक्त बैठकले एक साताका लागि नगरपालिका सिल गर्ने निर्णय गरेको हो । 

‘गोरखा नगरपालिकाभित्रका थप २० जनामा कोरोना संक्रमण देखिएको र  कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले एक साताका लागि नगरपालिकाका सिल गर्ने निर्णय भएको छ,’ प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले भने, ‘नगरपालिकाको सबै क्षेत्र सिल्ड गरिदिन अनुरोध आएकाले शनिबार दिउँसो १२ बजेदेखि २६ गते मध्यरात १२ बजेसम्म सिल गर्ने निर्णय भएको हो ।’

निषेधाज्ञा जारी गरिएको समयमा अत्यावश्यकबाहेक अन्य सबै सेवा, यातायात, व्यापार–व्यवसायलगायतका सम्पूर्ण कार्यहरू नगर्न, नगराउनुहुनसमेत नगरपालिकाले अनुरोध गरेको छ ।  यो अवधिमा होटेल तथा रेस्टुरेन्ट, ब्युटिपार्लर, कपडा पसल, सैलुन, जिमखाना, हार्डवेयर पसल, सुनचाँदी, टेलरिङ, फुटपाथ, उद्याेग कलकारखाना सबै बन्द रहनेछ । तर, स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, खानेपानी, औषधि पसल, खाद्यान्न पसल भने खुला रहने नगरपालिकाले जनाएको छ ।

ad
ad