मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ भदौ १९ शुक्रबार १८:०७:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बारबर्दियामा एकैघरका चारजनामा कोरोना संक्रमण

Read Time : < 1 मिनेट
२०७७ भदौ १९ शुक्रबार १८:०७:००

बारबर्दिया नगरपालिका– ३ का एउटै घरका चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा एउटै घरका चारसहित वडा नम्बर ३ का ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार बारबर्दिया नगरपालिका– ३ का २५ वर्षीय व्यक्तिमा केही दिनअघि कोरोना पोजेटिभ देखिएको थियो । उनको सम्पर्कमा आएका व्यक्तिहरूको स्वाब परीक्षण गर्दा शुक्रबार उनकै परिवारको चारजनामा संक्रमण पुष्टि भएको हो । उनले सैलुन व्यवसाय सञ्चालन गर्दै आएका थिए । बारबर्दिया नगरपालिकाका जनस्वास्थ्य निरीक्षक गोविन्द पौडेलका अनुसार संक्रमण पुष्टि भएका अन्य दुईजनामध्ये एकजना घरबेटी हुन् ।

शुक्रबार संक्रमण पुष्टि भएकामध्ये बारबर्दिया– ३ का एक महिला र पाँच पुरुष गरी ६ जना छन् । योसँगै बर्दियामा कोरोना संक्रमित तीन सय ५७ पुगेका छन् ।