मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका तनहुँ
२०७७ बैशाख १३ शनिबार १९:५७:००
Read Time : < 1 मिनेट
समाचार

सेती नदी किनारमा आमाछोरी मृत भेटिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका तनहुँ
२०७७ बैशाख १३ शनिबार १९:५७:००

सेती नदीकिनारामा आमा र छोरी मृत अवस्थामा भेटिएका छन् । मृत्यु हुनेमा व्यास नगरपालिका– १ निर्मलनगरका ३४ वर्षीया रविना श्रेष्ठ र उनकी १० वर्षीया छोरी प्रिया श्रेष्ठ रहेकी छन् । 

शनिबार रिसिङ गाउँपालिका– १ कोइदिमस्थित सेतीनदीमा रविनाको शव र त्यसको करिब एक किलोमिटर तल छोरी प्रियाको शव सेतीनदीमा तैरिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । 

शवलाई पोस्टमार्टमका लागि दमौली अस्पतालमा पठाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उपरीक्षक लामिछानेले बताए  । यसको दुई दिनअगाडि १५ वर्षीय छोरा विपिन श्रेष्ठ घरमै मृत अवस्थामा भेटिएका थिए । विपिन शारीरिक रूपमा असक्त थिए । मृतक रविनाका श्रीमान् भने रोजगारीका लागि विदेशमा छन् ।