मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ फाल्गुण ६ मंगलबार १८:१३:००
Read Time : < 1 मिनेट
समाचार

छोरी बलात्कार गर्ने बुवालाई जन्म कैद

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण ६ मंगलबार १८:१३:००

बुवाले छोरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले जन्म कैद फैसला गरेको छ । आइतबार बसेको न्यायधीश दिल्लीरत्न श्रेष्ठको इजलासले हेटौंडा उपमहानगरपालिका-८ निवासी ४९ वर्षीय बुवालाई छोरीमाथि बलात्कार गरेको ठहर कैद फैसला गरेको हो ।

एक लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति स्वरुप पीडकबाट उपलब्ध गराउने गरी जन्म कैदको फैसला भएको अदालतका श्रेस्तेदार केशव कौशिलले जानकारी दिए । अदालतले हाड नाता भएकाले पीडित र पीडक दुवैको नाम सार्वजनिक गर्न नमिल्ने जनाएको छ ।

बुवाबाट बलात्कृत भएकी १७ वर्षीय किशोरीलाई अदालतले सरकार वा सरकारको स्वीकृतमा सञ्चालन गरिएको संरक्षण गृहमा राख्ने निर्णयसमेत गरेको श्रेस्तेदार कौशिकले जानकारी दिए । उनका अनुसार पीडितलाई तत्काल नेपाल सरकारद्वारा संचालित संरक्षण गृहमा राख्ने प्रावधान पूरा नभएसम्म माइती नेपालको केन्द्रीय कार्यालयमा राखिएको छ ।

२ चैत २०७५ मा १७ वर्षीय छोरीलाई राति छुरी देखाएर ४९ वर्षीय बुवाले बलात्कार गरेका थिए । त्यसपछि किशोरी बारा जिल्लाको कोहल्वीस्थित आफन्तका घरमा पुगेकी थिइन् । किशोरीले घटनाबारे आफन्तलाई जानकारी दिएपछि ११ चैत पीडकलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी दिइएको थियो । किशोरीकी आमा दोस्रो विवाह गरेर अन्तै गएकी आफन्तको भनाइ छ ।