मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ३० सोमबार २१:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

मन्त्री याेगेश भट्टराईविरूद्ध नारा जुलुस हुँदा विमान ढल्कियाे : बुद्ध एयर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ३० सोमबार २१:१२:००

गत शनिबार साँझ संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईमाथि नेपालगञ्जदेखि काठमाडौं आउन लागेका यात्रुले आक्रोश पोखे । यात्रुहरू मन्त्री भट्टराई नजिक गएर कराउँदा विमानको एकै भागमा धेरै वजन हुन गई विमान ढल्किएको बुद्ध एयरले जनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जानकारी दिँदै बुद्ध एयरले भनेको छ, “माननीय मन्त्रीज्यू एयरपोर्ट प्रवेश गर्नु पहिला नै सुरक्षाकर्मीहरूकै अगाडि १४-१५ जना यात्रुहरूको समुह हाम्रा विमान परिचारिकाहरूले बाहिर ननिस्कन आग्रह गर्दागर्दै आक्रोसित भई विमानबाट ६:४० तिर बाहिर निस्किएर हाम्रा कर्मचारी मित्रहरूसँग बादविवाद गर्न थाल्नु भएको थियो सो विवाद ६-८ मिनेट जति चलेको थियो ।”