मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १३ मंगलबार
  • Tuesday, 29 September, 2026
मोहन विष्ट कञ्चनपुर
२o८३ असोज १३ मंगलबार १४:४१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कञ्चनपुरमा कांग्रेस महाधिवेशन प्रतिनिधि छनोटका लागि चुनावी मैदानमा पूर्वमन्त्रीदेखि विद्यार्थी नेतासम्म

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८३ असोज १३ मंगलबार १४:४१:oo

आसन्न नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन चलिरहेको छ। क्षेत्र नं. १ मा सर्वसम्मत नेतृत्व चयन भए पनि क्षेत्र नं. २ र ३ मा महाधिवेशन प्रतिनिधि छनोटका लागि निर्वाचन हुने भएको छ।

सोमबारसम्म सहमति जुट्न नसकेपछि क्षेत्र नं. २ र ३ मा निर्वाचन प्रक्रियाबाट महाधिवेशन प्रतिनिधि छनोट गर्न लागिएको नेपाली कांग्रेस कञ्चनपुरले जनाएको छ। नेपाली कांग्रेस कञ्चनपुरका सभापति हरिचन्द्र रानाले क्षेत्र नं. १ मा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन सदस्य सर्वसम्मत चयन भएको जानकारी दिए। क्षेत्र नं. २ र ३ मा भने निर्वाचन प्रक्रिया सुरु भएको उनले बताए।

क्षेत्र नं. ३ मा पूर्वमन्त्री तारणीदत्त चटौत, प्रदेश सभा सदस्य बेलबहादुर राना, बहादुर थापा, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिका– ११ का वडाध्यक्ष प्रकाश थापा, २०७९ को निर्वाचनमा क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवार बनेका दीपकबहादुर सिंहलगायत महाधिवेशन प्रतिनिधिका लागि चुनावी मैदानमा छन्।

त्यस्तै, भीमदत्त नगरपालिकाका पूर्वउपप्रमुख यज्ञराज चटौत, नेविसंघका विद्यार्थी नेता पदमराज पन्त, विष्णु जोशी, कृष्ण भट्ट, सहसचिव नाफुसिंह साउद, निवर्तमान कोषाध्यक्ष शंकरबहादुर चन्द, कृष्णबहादुर कुँवर, उद्योगी जंगबहादुर चन्द, पूर्वशिक्षक वीरबहादुर मल्ल, महिला अधिकारकर्मी मीना भण्डारी, अधिवक्ता खेमराज ऐरीलगायत पनि उम्मेदवार छन्।

क्षेत्र नं. ३ मा युवा र लोकतान्त्रिक सेनानीतर्फबाट पनि उम्मेदवारी परेको छ। युवातर्फ अमृत कार्की, किशोर विष्ट, गोकर्ण महरा, गोविन्द भट्ट र लोचनसिंह कार्की तथा लोकतान्त्रिक सेनानीतर्फ प्रेमबहादुर विष्ट र लक्ष्मीदत्त बोहरा उम्मेदवार रहेका छन्। महिलातर्फ अहिल्या बोहरा, खगेश्वरी बोगटी, माया भट्ट, राधिका थापा र सीमा बोहरा उम्मेदवार छन्।

क्षेत्र नं. ३ को क्षेत्रीय सभापतिका लागि कमलराज चटौत, गणेशसिंह नेगी र पदमराज अवस्थीबिच प्रतिस्पर्धा हुँदै छ। सचिवका लागि गिरिराज शर्मा र महादेव भट्ट तथा सहसचिवका लागि नारायणसिंह नायक र पारसकुमार भट्ट उम्मेदवार छन्।

क्षेत्र नं. ३ (क) को सभापतिका लागि पुरुषोत्तम अर्याल, राजेन्द्र केसी र सन्दीपकुमार बस्नेत तथा सहसचिवका लागि भरतबहादुर विष्ट र शंकरदत्त भट्ट उम्मेदवार छन्। क्षेत्र नं. ३ (ख) को सभापतिका लागि पदम बुढा र अशोक पाण्डेय उम्मेदवार रहेका छन्। क्षेत्र नं. ३ मा कुल ७१८ मतदाता रहेका छन्। मतदान सकिएलगत्तै मतगणना गरिने कांग्रेसले जनाएको छ।

↑