मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १३ मंगलबार
  • Tuesday, 29 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १३ मंगलबार १४:५४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

पोखरा फाइनान्सका ग्राहकलाई जेनस अस्पतालमा २० प्रतिशत छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १३ मंगलबार १४:५४:oo

पोखरा फाइनान्स लिमिटेडका ग्राहकले बुटवल– ८, सुखानगरस्थित जेनस हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिमा २० प्रतिशत छुट पाउने भएका छन्।

सम्झौताअनुसार पोखरा फाइनान्सका खातावालाले जेनस अस्पतालमा उपचार तथा स्वास्थ्यसम्बन्धी सेवा लिँदा पोखरा फाइनान्सको डेबिट कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गरेमा उपलब्ध सबै सेवामा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकलाई थप सुविधा तथा लाभ उपलब्ध गराउने उद्देश्यले गरिएको उक्त सहकार्यबाट पोखरा फाइनान्सका खातावालाहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास फाइनान्सले व्यक्त गरेको छ।

पोखरा फाइनान्सले हाल ३८ वटा शाखामार्फत नगद कारोबार, आरटिजिएस, आइपिएस, कनेक्ट आइपिएस, रेमिट्यान्स, क्लियरिङ, सिआइएसलगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ। साथै, फाइनान्सले मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोडलगायतका डिजिटल बैंकिङ सुविधा पनि उपलब्ध गराउँदै आएको छ।

↑