मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १३ मंगलबार
  • Tuesday, 29 September, 2026
२o८३ असोज १३ मंगलबार १५:o६:oo
Read Time : < 1 मिनेट
प्रवास डिजिटल संस्करण

जिसिडी नेपाली प्रिमियर लिगको उपाधि गोर्खाली राइनोजलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज १३ मंगलबार १५:o६:oo

संयुक्त अरब इमिरेट्स (युएई)को सारजाहमा सम्पन्न पहिलो ‘जिसिडी नेपाली क्रिकेट प्रिमियर लिग’को उपाधि जिसिडी गोर्खाली राइनोजले जितेको छ। भदौ २० देखि सुरु भएको प्रतियोगितामा काडोस एनसिसी हार्ड हिटर्स, एभरेस्ट वारियर्स अबुधाबी क्रिकेट क्लब, जिसिडी गोर्खाली राइनोज क्रिकेट क्लब र ग्रेस इन्टरनेसनल नेपाल टाइटन्स सहभागी थिए।

प्रतियोगिताको उत्कृष्ट बलर काडोस एनसिसी हार्ड हिटर्सका समीर सिजापति घोषित भए। उनले चार खेलमा आठ विकेट लिएका थिए। त्यसैगरी उत्कृष्ट फिल्डरको उपाधि काडोस एनसिसी हार्ड हिटर्सका रोहित शर्माले प्राप्त गरे भने उत्कृष्ट ब्याटरको उपाधि काडोस एनसिसी हार्ड हिटर्सकै राजाराम सुवेदीले प्राप्त गरे।

उनले ४ खेलमा १७५ रन बनाएका थिए। प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित जिसिडी गोर्खाली राइनोज क्रिकेट क्लबका मोसिन मत्तोले तीन खेलमा १२७ रन र सात विकेट लिएका थिए।

सारजाहस्थित अल फरहान क्रिकेट मैदानमा भएको फाइनलमा काडोस एनसिसी हार्ड हिटर्सलाई हराउँदै जिसिडी गोर्खाली राइनोजले उपाधि जितेको हो। २६ सेप्टेम्बरमा भएको फाइनल खेलपश्चात् भव्य समारोहबिच पुरस्कार वितरण गरिएको थियो।

उक्त कार्यक्रममा नेपाली महावाणिज्य दूतावास दुबईका उपमहावाष्णिज्यदूत कृष्णप्रसाद चापागाईंको प्रमुख आतिथ्यता रहेको थियो। प्रतियोगिताको विजेतालाई पाँच हजार दिराम र उपविजेतालाई दुई हजार दिराम पुरस्कार, ट्रफी र मेडल वितरण गरिएको थियो।

↑